ग्यास तथा पेट्रोलियम पदार्थ आपूर्ति व्यवस्था मिलाउन आह्वान

  चैत ०८, २०७६

काठमाडौं, चैत ७ : नेपाल आयल निगम कर्मचारी संघले निगमका कर्मचारीलाई एकजुट भएर महामारीको समयमा आम उपभोक्तालाई सरल रूपमा सेवा प्रवाह गर्न आग्रह गरेको छ । संघले विज्ञप्ति जारी गरी सबै कर्मचारीलाई उपभोक्ताको हकहितमा रहेर काम गर्न र आवश्यकतानुसार बजारमा ग्यास तथा पेट्रोलियम पदार्थको उपलब्धता नभएमा नेपाल सरकार तथा नेपाल आयल निगमले खटाएको जुनसुकै समयमा बजार अनुगमन तथा सुपरीवेक्षण गरी थप सहजता ल्याउने कार्यमा लाग्न अनुरोध गरेको छ ।

संघका अध्यक्ष गोपालचन्द्र राईद्वारा जारी विज्ञप्तिमा एलपी ग्यास तथा पेट्रोलियम पदार्थ जस्तो आमजनतासँग दैनिक रूपमा सरोकार राख्ने वस्तुको सहज र सरल आपूर्तिको व्यवस्था मिलाउनका लागि सबै निगमका कर्मचारीहरू एक जुट भई कार्य गर्नुपर्ने देखिन्छ । विज्ञप्तिमा भनिएको छ, ‘महामारीको यस प्रकोपमा नेपाली नागरिकलाई ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा संकट हुन नदिनको लागि हामी हाम्रो जिम्मेवारी र कर्तव्यप्रति निष्ठ रहदै आएका छौँ ।’

तपाईको प्रतिक्रिया