दक्षिण अफ्रिकी क्रिकेट टोलीलाई ‘सेल्फ क्वारेन्टाइन’मा बस्न सुझाब

  चैत ०६, २०७६

काठमाडौं, चैत ५ : भारतबाट स्वदेश फर्केको दक्षिण अफ्रिकी क्रिकेट टोलीलाई १४ दिनसम्म ‘सेल्फ क्वारेन्टाइन’मा बस्न निर्देशन दिइएको छ । तीन म्याचको एकदिवसीय श्रृखंला खेल्न गत् साता भारत आएको दक्षिण अफ्रिकी टोली कुनै म्याच नै नखेली मङ्गलबार स्वदेश फर्केको थियो ।

दक्षिण अफ्रिकी क्रिकेट टोलीसँगै भ्रमणमा आउनुभएका टोली प्रमुख स्वास्थ्य अधिकृत डा. शुइब माञ्ज्राले खेलाडीलाई आफ्नै घरभित्र ‘सेल्फ क्वारेन्टाइन’मा बस्न निर्देशन दिइएको बताउनुभयो । उहाँले १४ दिनसम्म ‘सेल्फ क्वारेन्टाइन’मा बस्न निर्देशनात्मक आग्रह गरिएको उल्लेख गर्नुभयो ।

कोभिड–१९ को लक्षण देखिए खेलाडीको स्वास्थ्य परीक्षण गरिने उहाँले प्रष्ट्याउनुभयो । उहाँले परिवारका सदस्य, समाजमा हुन सक्ने सम्भावित संक्रमण रोक्न यसप्रकारको सचेतना आवश्यक रहेको खुलाउनुभयो । दक्षिण अफ्रिकी टोली कलकत्ता हुँदै घर फर्केको थियो । कलकत्तामा कोभिड–१९ को संक्रमितको पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया