‘बेपत्ता पारिएका व्यक्तिबारे दर्ता उजूरी सुरक्षित’

  चैत ०५, २०७६

काठमाडौं, चैत ५ : बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बेपत्ता पारिएका व्यक्तिबारे दर्ता भएको उजूरी सुरक्षित भएको जनाएको छ ।

आयोगका प्रवक्ता ईश्वरीप्रसाद ढकालले आज जारी गरेको प्रेस विज्ञप्तिमा आयोगमा विस्तृत छानबिनका लागि कूल दर्ता हुन आएका तीन हजार १९७ उजूरी रहेको र तिनमा विस्तृत अध्ययनका लागि दुई हजार ५०६ थान सुरक्षित रहेको उल्लेख छ ।

रोल्पाका पत्रकार धनबहादुर रोका मगर बेपत्ता भएको उजूरी हराएको भनी प्रकाशित समाचार तथ्यहीन भएको र उनीसँग सम्बन्धित उजूरी सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्रधिकारमा पर्ने भनी पूर्वपदाधिकारीले निर्णय गरेको हुनाले सोही सत्य निरुपण आयोगमा पठाइएको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया