सिनेमा हल, जिम क्लब, स्विमिङ पुल बन्द, २५ जना भन्दा बढी भेला हुन नपाइने

  चैत ०५, २०७६

काठमाडौं, चैत ५ : सरकारले सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रङ्गशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्यूजियम, स्विमिङपुल,  मनोरञ्जनस्थल, डान्स बार तथा क्लब बन्द गर्ने निर्णय गरेको छ ।

बुधबार उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखलेरको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले आगामी बैशाख १७ गतेसम्मका बन्द गर्ने निर्णय गरेको गोरखापत्र अनलाइनले जनाएको छ ।

साथै, अत्यावश्यक काममा बाहेक आवतजावत हिंड्डुल नगर्ने, सांस्कृतिक, सामाजिक कार्यहरूमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थालहरुमा २५ जना भन्दा बढी भेला हुन बन्द गर्ने निर्णय समेत गरेको छ ।

तपाईको प्रतिक्रिया