कोपा अमेरिका सन् २०२१ मा गर्नेगरी स्थगित

  चैत ०४, २०७६

असुनसियोन, पराग्वे, चैत ४ : यो वर्षको ग्रीष्म ऋतुमा अर्जेन्टिनामा हुनेगरी तय भएको दक्षिण अमेरिकाको प्रमुख प्रसिद्ध फुटबल प्रतिस्पर्धा ‘कोपा अमेरिका’ एक वर्ष पछि सन् २०२१ मा हुनेगरी स्थगित गरिएको छ ।

कोरोना भाइरसको प्रकोप विश्वव्यापी बनिरहेका समय कोपा अमेरिकालाई पनि यसको प्रभाव पर्ने देखिएपछि एक वर्षपछि सारिएको आयोजक दक्षिण अमेरिकी फुटबल संघले मंगलबार बताएको हो । कोपा कप फुटबलबारे यो निर्णय युरोपेली फुटबल महासंघ (यूईएफए) ले यूरो कप फुटबल–२०२० लाई एक वर्षपछि गर्ने गरी आएको सूचना लगत्तै आएको हो ।

कोपा कप यसैवर्षको जुन ११ देखि जुलाई ११ सम्म हुने कार्यक्रम तय भएको थियो । खेल यसवर्ष पहिलो पटक दुई मुलुक अर्जेन्टिना र कोलम्बियामा गरिने भएको थियो भने दक्षिण अमेरिकी मुलुकबाहेक कतार र अष्ट्रेलिया पनि आमन्त्रित समूहका रूपमा समावेश गरी १२ मुलुकका फुटबल समूहले प्रतिस्पर्धामा सहभागिता जनाउने तयारी रहेको थियो ।

तपाईको प्रतिक्रिया