कोभिड–१९ को संक्रमणमा एक लाख ६० हजार, ६ हजारभन्दा बढीको मृत्यु

  चैत ०२, २०७६

पेरिस, चैत २ : कोभिड–१९ को संक्रमणका कारण विश्वभर आइतबारसम्म एक लाख ५९ हजार ८४४ जना संक्रमित भएको विभिन्न मुलुक र अन्तरराष्ट्रिय संस्थाबाट एएफपीले संकलन गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

कोभिड–१९ संक्रमणका कारण विश्वभर छ हजार ३६ व्यक्तिको मृत्यु भएको बताइएको छ । कोरोना भाइरसका कारण सबैभन्दा बढी चीनमा तीन हजार १९९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

त्यस्तै युरोपको सबैभन्दा बढी प्रभावित मुलुक इटलीमा एक हजार ९०७ व्यक्तिको मृत्यु भएको छ । शनिबार पाँच हजार ७५३ जनामा संक्रमण पुष्टि भएकोमा यो संख्या आइतबार साँझसम्म सात हजार ७५३ पुगेको इटलीका अधिकारीहरूले जनाएका छन् ।

शनिबारदेखि आइतबारसम्म २४ घण्टाको अन्तरालमा स्पेनमा १०५ जनाको संक्रमणका कारण मृत्यु भएको त्यहाँका अधिकारीले पुष्टि गरेका छन् । यससँगै स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २८८ पुगेको छ ।

स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजकी पत्नी वेगोना गोमेजलाई पनि संक्रमण पुष्टि भएको छ भने प्रधानमन्त्री र उहाँकी पत्नी गोमोज सरकारी निवासमा आइसोलेसनमा रहेर उपचार गराइरहेको बताइएको छ ।

प्रधानमन्त्री साञ्चेजले स्पेनलाई ‘लकडाउन’ गर्ने बताएको केही समयपछि नै वेगोनालाई पनि संक्रमणको पुष्टि भएको प्रधानमनत्रीको कार्यालयले जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया