शिक्षण अस्पतालमा प्रधानमन्त्रीको फलोअप

  चैत ०२, २०७६

काठमाडौँ, चैत २ : मिर्गौला प्रत्यारोपण गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा स्वास्थ्यलाभ गरी गत फागुन ३० गते निवास फर्कनुभएका प्रधानमन्त्री ओलीले आज सो अस्पतालमा पुगी स्वास्थ्यको फलोअप गराउनुभएको छ ।

सल्लाहकार थापाका अनुसार प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण गराई निवास फर्कनुभएको छ । प्रधानमन्त्री ओली गत फागुन १९ गते मिर्गौला प्रत्यारोपण लागि सो अस्पतालमा भर्ना भई फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । उहाँलाई मिर्गाैला दान दिने भाञ्जी समीक्षा संग्रौला पनि स्वास्थ्यलाभ गरी गत बुधबार घर फर्किसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया