सयपत्रीमा रमाउँदै थापा दाजुभाइ

  चैत ०१, २०७६

तानसेन, चैत १ : व्यावसायिक फूलखेती पाल्पाको रामपुरमा फष्टाउँदै गएको छ । रामपुर नगरपालिका–४ देवीस्थानमा गएको तिहारमा पहिलोपटक सयपत्री फूलबाट मनग्य आम्दानी गरेका दिलबहादुर थापा तथा लालबहादुर थापाले बेमौसमी फूल खेती समेत शुरु गरेका छन् ।

शहरीरुपमा विकास हुन थालेको पाल्पाको पूर्वी भेग रामपुरमा पछिल्लो समय भारत लगायत छिमेकी देश र अन्य जिल्लाबाट फूलको आयात हुने गरेकोले यसलाई निरुत्साहित गर्दै व्यवसाय थालेको व्यवसायी दिलबहादुरको भनाइ छ । विवाह, अन्य मेला, महोत्सव र विविध सार्वजनिक कार्यक्रममा सयपत्री फूलको मालाको माग बढेकाले फूलखेती बेमौसमीरुपमा पनि गर्न थालेको उनले बताए  ।

हाम्रो आधुनिक कृषि फर्म सञ्चालन गरी केही वर्ष पहिलेदेखि मौसमी बेमौसमी तरकारी खेति थालेका थापा दाजुभाइले पछिल्लो समय फूलको परीक्षण गरे पछि राम्रै हुने अनुभव लिएका छन् । गएको तिहारमा पनि फूलको गुच्छा, माला नारायणघाट, बुटवल, पोखरा, स्याङ्जा, तनहुँ र पाल्पाका विभिन्न स्थानमा बिक्री गरेर राम्रै आम्दानी भएको लालबहादुरले बताए  । बेमौसममा झन बिक्री हुन्न कि भन्ने चिन्ता भए पनि रामपुरमा सञ्चालित महायज्ञलगायत विभिन्न कार्यक्रम, विवाहमा फूल खरिद गरेकाले राम्रै बिक्री भएको थियो ।

करिब साढे ११ रोपनी जग्गामा कृषि फर्म सञ्चालन गरे पनि करिब दुई रोपनी जग्गामा फूलखेती सञ्चालन गर्नुभएको दिनबहादुरले बताउनुयभयो । मागअनुसार पु¥याउन नसकिएको उनको भनाइ छ ।

सयपत्री फूलका कारण माटोलाई फाइदा हुने र किराले समेत नखाने हुँदा तरकारीभन्दा खेती गर्न गर्न सजिलो हुने उनीहरुको भनाइ छ । करिब १५ सय बिरुवाको उत्पादन बिक्री भइरहेको र अन्य थप ६०० बिरुवा रोपिसकिएको छ । ‘अब विवाह तथा प्रेमदिवसका अवसरमा गुलाब फूलको समेत माग भएकाले त्यसको खेती गर्ने सोच छ’, दिलबहादुरले भने । गत तिहारमा करिब एक लाख ५० हजार फूलबाटै मात्र आम्दानी भएको र यसपालि मेमौसममा तीन लाखसम्म आम्दानी हुने आशा दाजुभाइको छ ।

प्रतिमाला १०० र प्रतिकेजी फूलको ४०० मा बिक्री हँुदै आएको छ । यसअघि वैदेशिक रोजगारीमा गएका युवाले नेपालमै पनि मेहनत गरे प्रतिफल राम्रो हुने विश्वास गरेका छन् ।

तपाईको प्रतिक्रिया