बेलायती स्वास्थ्य मन्त्रीलाई कोरोना संक्रमण, जापानमा ३१ र दक्षिण कोरियामा ६१ को मृत्यु

  फागुन २८, २०७६

लण्डन, फागुन २८ : बेलायतका स्वास्थ्यमन्त्री नदिन डोरिजलाई कोरोना भाइरसको संक्रम भएको छ ।

बिरामी स्वास्थ्य हेर्ने कनिष्ठ स्वास्थ्यमन्त्री डोरिज अहिले घरभित्रै अलग्गै बसिरहेको अधिकारीले जनाएका छन् । उहाँलाई के कसरी कोरोना भाइरसको संक्रमण भयो भन्ने बारेमा स्पष्ट हुन नसकेको र अनुसन्धान भइरहेको अधिकारीको भनाइ छ ।

बेलायतमा अहिलेसम्म ३८२ जनामा संक्रमण भएको र छ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अष्ट्रेलियामा भने संक्रमितको संख्या ११२ पुगेको छ । स्वास्थ्य विभागले बुधबारसम्म थप १२ जना थपिएर संक्रमितको संख्या ११२ पुगेको बताएको छ । मृत्यु हुनेको संख्या भने तीन मात्रै रहेको पनि विभागले उल्लेख गरेको छ ।

यसैबीच अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना संक्रमण नियन्त्रण र उपचारका लागि १.५५ अर्व अमेरिकी डलर रकम छुट््याइएको घोषणा गर्नुभएको छ ।

उहाँले सरोकारवालासँग छलफल गरेर कोरोना नियन्त्रण र उपचारका लागि विभिन्न प्याकेज तयार पारिएको पनि जानकारी दिनुभयो ।

यसैगरी दक्षिण कोरियामा थप २४२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभरी कोरोना भाइरसबाट संक्रमितको संख्या सातहजार ७७५ पुगेको छ ।

त्यसैगरी थप ६ जनाको मृत्यु भएको छ भने कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या ६१ पुगेको छ । स्वास्थ्य अधिकारीका अनुसार कोरोना भाइरसबाट संक्रमितमध्ये ४१ जना निको भएर घर फर्किएका छन् ।

जापानमा पनि कोरोना भाइरसका कारण मृत्यु हुने र संक्रमितको संख्या थप बढेको छ । जापानको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले दिएको विवरणका अनुसार संक्रमितको संख्या बढेर ५६८ पुगेको छ । उनीहरुले कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको जनाइएका छन् ।

कोरोनाको सुरुवात भएको देश मानिने चीनमा भने अहिले नयाँ बिरामी थपिनेक्रम घटेको छ । केही दिनअगाडिसम्म दैनिक सयौं बिरामी थपिने गरेकोमा बुधबार थप २४ जना नयाँ बिरामी भेटिएका छन् । त्यसैगरी थप २२ जनाको मृत्यु भएकोजनाइएको छ ।

उता अमेरिकामा संक्रमितको संख्या एक हजार नाघेको छ । स्वास्थ्य अधिकारीका अनुसार कूल संमित सङख्या १००१ पुगेको हो भने मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

उनीहरुले वासिङट्नमा २६०, न्यूयोर्कमा १७३, क्यालिफोर्नियामा १४४ जनामा कोरोना भाइरस संक्रम भएको पुष्टी भएको जनाएको छन् ।

पाकिस्तानमा कोरोना भाइरस संक्रमित १९ पुग्यो
त्यस्तै पाकिस्तानमा कोरोना भाइरस संक्रमित बिरामीको संख्या १९ पुगेको छ । सबैभन्दा धेरै सिन्धप्रान्तमा मात्रै १५ जनामा भेटिएका छन् ,भने अरु तीन जना गिल्गीत बाल्टिस्तानमा र एक जना बालुचिस्तानका व्यक्तिमा कोरोना भाइरसको संक्रम भएको पुष्टि भएको छ ।

अर्का एकजना गत हप्ता पूर्णनिर्को भएर घर फर्किएका छन् । क्यानाडामा पनि थप सात जना संक्रमित भेटिएका छन् । यो सँगै कूल २९ पुगेको छ । श्रीलंका र टर्कीमा पनि कोरोनाका संक्रमिक भेटिन थालेका छन् ।

अहिलेसम्म संक्रमित नभेटिएका यी देशमा एक–एक जना संक्रमित भेटिएको अधिकारीले जनाएका छन् ।

तपाईको प्रतिक्रिया