सभामुख र भारतीय राजदूतबीच भेट

  फागुन २८, २०७६

काठमाडौँ, फागुन २७ : सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७३ वर्ष पूरा भएको स्मरण गर्दै दुई देशबीच सरकार, संसद् र जनस्तरसम्म सम्बन्ध रहेको बताउनुुभएको थियो ।

नेपालमा २०७२ वैशाखमा विनाशकारी भूकम्पपछि उद्धार, राहत एवं पुनःनिर्माणमा भारतले गरेको सहयोगका लागि धन्यवाद दिँदै उहाँले दुुई देशबीच पछिल्लो समय दूरगामी महत्वका सम्झौता भएकामा खुशी व्यक्त गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ । साथै सभामुख सापकोटाले दुुबै देशमा बलियो र स्थायी सरकार रहेकाले सम्बन्ध थप विस्तारका लागि विरलै प्राप्त हुने अवसर रहेको उल्लेख गर्नुुभएको थियो ।

सो अवसरमा राजदूत क्वात्राले सापकोटालाई सभामुखमा निर्वाचित हुनुुभएकामा बधाई दिँदै कार्यकाल सफलताको शुुभकामना व्यक्त गर्दै दुुई देशबीच वृहत र गहिरो सम्बन्ध रहेको तथा आगामी दिनमा यो सम्बन्ध अझ विस्तार हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया