परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ समकक्षीबीच फोनवार्ता

  फागुन २७, २०७६

काठमाडौं, फागुन २७ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता भएको छ ।

कुराकानीमा मन्त्री ज्ञवालीले चीनले कोरोना भाइरस (कोभिड–१९) बिरुद्ध जारी राखेको प्रयासप्रति एक्यवद्धता जनाउनु भएको पराराष्ट्र मन्त्रालयले ट्वीट मार्फत जनाएको छ ।

भेटमा चिनियाँ विदेशमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नु भएको थियो

तपाईको प्रतिक्रिया