बालविकास केन्द्रमा अंग्रेजी शिक्षण !

  फागुन २६, २०७६

जाजरकोट, फागुन २६ : अंग्रेजी विषयमा कमजोर भएको भन्दै डोल्पाको मुड्केचुला गाउँपालिकाले बालविकास केन्द्रमा लगानी गरेको छ । गाउँपालिकाभित्रका १३ र समुदायबाट सञ्चालित एक बालविकास केन्द्रलाई अंग्रेजी माध्यमबाट पढाउन पहल शुरु गरिएको हो । गाउँपालिकाले संघीय सरकारबाट दिँदै आएको रकमभन्दा केही रकम आफँैले उपलब्ध गराएर यहाँका बालविकास केन्द्रमा बालविकास कक्षामा सो माध्यमको पढाइ शुरु गर्न लागेको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।

गाउँपालिकाले केन्द्रलाई सो माध्यमबाट पढाइ शुरु गर्न रंगीन पुस्तक छापेर ल्याएको शिक्षा शाखाका दलबहादुर बस्नेतले जानकारी दिए । सो पुस्तकमा अध्यापन गर्दा समस्या पर्नबाट जोगिन सबै केन्द्रमा पढाउन शिक्षकलाई सातदिने तालिमसमेत दिइएको छ । यसरी आफँैले पाठ्यपुस्तक तयार गरेर सो माध्यमबाट पढाइ शुरु गर्ने डोल्पाको पहिलो स्थानीय तहमा मुड्केचुला पर्दछ ।माध्यमिक शिक्षा परीक्षामा सहभागी विद्यार्थीलाई बिदाको समयमा थप शिक्षण गर्नका लागि गाउँपालिकाले बजेट छुट्याएर अध्यापन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया