भूकम्पले क्षति पुर्याएको विद्यालय भवन बल्ल शिलान्यास

  फागुन २२, २०७६

गलकोट, २२ फागुन : विनाशकारी गोरखा भूकम्पले क्षति पुर्याएको जिल्लाको बागलुङ नगरपालिका–९ तित्याङस्थित तित्याङ माध्यमिक विद्यालयको पुनःनिर्माण बल्ल शुरु गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यस वर्ष बागलुङ जिल्लामा पहिलो चरणमा आठ विद्यालय पुनःनिर्माण गर्दैछ । सो विद्यालय भवनको प्रदेशसभा सदस्य इन्द्र्रलाल सापकोटाले बुधबार शिलान्यास गर्दै शैक्षिक गुणस्तरका लागि भौतिक संरचना महत्वपूर्ण रहेको बताए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाको ७० लाख ४० हजार लागतमा चारकोठे भूकम्प प्रतिरोधी भवन निर्माण थालिएको प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ शिक्षाका कार्यालय प्रमुख मोतिलाल चपाईले जानकारी दिए । प्रधानाध्यापक कुमारप्रसाद शर्माले बालकक्षादेखि १० कक्षासम्म विद्यालयमा २४८ विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए । जिल्लामा भूकम्पले क्षति पुर्याएको २१५ विद्यालयमध्ये १८८ विद्यालयमा प्राधिकरण जिल्ला कार्यान्वयन एकाइले पुनःनिर्माण गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया