पाकिस्तानका समकक्षीद्वारा स्वास्थ्यलाभको कामना

  फागुन २१, २०७६

काठमाडौँ, २१ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशका प्रधानमन्त्रीले स्वास्थ्य लाभको कामना गर्ने क्रम जारी रहेको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज एक सन्देश पठाई उहाँको स्वास्थ्य लाभको कामना गर्नुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने भएपछि विभिन्न देशका राष्ट्रप्रमुखले स्वास्थ्य लाभको कामना गर्दै सन्देश पठाइरहनुभएको छ ।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भूटानका प्रधानमन्त्री डा लोट्टी छिरिङ र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पनि प्रधानमन्त्री ओलीको सफल मिर्गाैला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण भइरहेको छ ।

तपाईको प्रतिक्रिया