संघ प्रदेश र स्थानीय तह विधेयक विधेयक स्वीकृत

  फागुन १८, २०७६

काठमाडौँ, १८ फागुन : प्रतिनिधिसभाले ‘संघ प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । यही फागुन १५ गते गणपूरक सङ्ख्या नपुगेका कारण निर्णयार्थ प्रस्तुत हुन नसकेको उक्त प्रस्ताव आज प्रस्तुत गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्वाहाङ्फेले उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया