क्यान्सरका ७ लक्षण : कसरी गर्ने उपचार ?

  फागुन १२, २०७६

प्रेचन थपलिया

आज विश्व क्यान्सर दिवस। संसारभरका मानिस एकवद्ध भएर क्यान्सरसँग लड्नका लागि चेतनाश्वर भर्ने दिन।

जीवनको सबैभन्दा ठूलो सत्य हो मृत्यु। तर हामी जिन्दगीलाई अमर जस्तै मानेर छणिक रमाइलोमा आफैंलाई बिर्सन्छौं। त्यसैले सानो लापरबाहीले गर्दा मृत्युसँग सम्झौता गर्न पुग्छौं। त्यही लापरबाहीका कारण क्यान्सर जस्तो खतरनाक रोगले जन्म लिन्छ।

क्यान्सरबाट बर्सेनी विश्वमा करिब ८० लाख जनाको मृत्यु हुने गरेको विभिन्न तथ्यांकले बताएका छन्। अमेरिकन क्यान्सर सोसाइटीको अध्ययनअनुसार सन् २०३० सम्ममा विश्वभर २३ करोड ६० लाख व्यक्ति क्यान्सरबाट पीडित हुनेछन् जुन संख्या प्रत्येक तीन व्यक्तिमध्ये एक जना क्यान्सरको बिरामी हुन आउछ। त्यसैले सबैले क्यान्सरसम्बन्धी जान्न अत्यन्त आवश्यक छ।

प्राकृतिक नियमअनुसार शरीरमा अर्बौं संख्यामा कोषिकाहरु बन्ने र बिग्रने क्रम चलिरहेको हुन्छ। यसै क्रममा विभिन्न प्रकारका वातावरणीय विकारको असरले प्राकृतिक नियम तोडिन पुग्छ। सामान्य भाषामा भन्दा कोषिकाहरु नियन्त्रण बाहिर पुगेर बढ्न थालेको अवस्थालाई क्यान्सर भन्न सकिन्छ।

क्यान्सरले गर्दा अर्कै प्रकारका कोषिकाहरु बन्ने क्रम सुरु हुन्छ। क्यान्सर लागेपछि कोषिका बढाउने तत्वले कुनै नियम मान्दैन र आफ्नै सुरले बढ्दै जान्छ। तर  मानव शरीरबाट आफूलाई चाहिने सबै तत्वहरु भने खपत गर्दै जान्छ।

किन हुन्छ क्यान्सर?

क्यान्सर हुने खास कारण पत्ता लागेको छैन। तैपनि ५० प्रतिशत जति क्यान्सर खानाको कारणले लाग्ने गर्छ। यीमध्ये धेरैजसो क्यान्सर बोसोयुक्त मासु, पोलेको मासु आदि खाएर मोटाएर तथा धूमपान, मदिरा सेवन आदिको कारणले लाग्ने गर्छ। चुरोटले मात्र पनि करिब ३५ प्रतिशत क्यान्सर हुने जोखिम हुन्छ।

अन्य कारणमा एचआइभी/एड्स, हेपाटाइटिस बी, एचपिभी भाइरस, एच पाइलोरी आदि रहेका छन्। विकिरण उत्पन्न हुने क्षेत्रमा काम गर्ने, रंग्याउने रसायन, एसबेस्टस तथा प्रदूषित वातावरण पनि क्यान्सरको प्रमुख कारक तत्व मानिन्छ।

क्यान्सर भएको कसरी थाहा पाउने?

अमेरिकी क्यान्सर सोसाइटीले लामो अध्यनपछि क्यान्सरका लक्षण प्रकाशित गरेको छ। यीमध्ये कुनै पनि लक्षण देखापरेमा क्यान्सर भएको हुन सक्छ:

–    खाना अपच वा निल्न गाह्रो भएमा,

–    स्तन वा अन्य ठाउँमा नदुख्ने गिर्खा आएमा,

–    निको नहुने गरी खोकी वा स्वर धोक्रो भएमा,

–    कोठीको आकार बढेर ठूलो हुँदै गएमा,

–    निको नहुने घाउ भएमा,

–    घाउबाट अत्यधिक रक्तस्राव या पिप आएमा,

–    दिसा वा पिसाबको तालिका फेरिएमा,

क्यान्सर रोकथाम कसरी गर्ने?

–    क्यान्सर रोगको औषधि गर्नुभन्दा रोग नै लाग्न नदिनु उत्तम मानिन्छ। त्यसैले यसका कारक तत्वहरुवाट टाढा हुनु निकै राम्रो हुन्छ।

–    कतिपय वस्तु वा खाद्य पदार्थको प्रयोगमा कमी गरेर पनि रोगको रोकथाम गर्न सकिन्छ।

–    क्यान्सर धनी, शिक्षित, गरिब जुनसुकै समाज र राष्ट्रमा जोसुकैलाई जुनसुकै बेला लाग्न सक्छ।

–    त्यसैले क्यान्सरजन्य कारक तत्वबाट पर बस्न सकेमा यो रोगबाट बँच्न तथा टाढा रहन सकिन्छ।

क्यान्सर उपचार विधिक्यान्सरको उपचार प्रायः तीन प्रकारका विधि प्रयोग गरेर गर्ने गरिन्छ।

–    रेडियोथेरापी (विकिरणद्वारा)

–    केमोथेरापी (औषधि प्रयोग गरेर)

–    रोगको प्रकृति अनुसार हार्मोन र बायोलोजिकल प्रोडक्टअनुसार पनि क्यान्सरको उपचार गर्न सकिन्छ।

त्यसैले यस वर्षको नारालाई सार्थक पार्न सबैले भनौं, ‘क्यान्सरका लागि म छु र लागिरहनेछु।’

तपाईको प्रतिक्रिया