जाजरकोटमा नमूना विद्यालय बढाउनुपर्छ – वनमन्त्री बस्नेत

  फागुन १०, २०७६

जाजरकोट, १० फागुन : मध्यपहाडी लोकमार्ग अन्तर्गत जाजरकोट खण्डको पूरै भाग कालोपत्र गर्ने काम शुरु भएको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् । जिल्लाका सबै सडक, खानेपानी, स्वास्थ्य, टेलिफोन सेवाको काम एकै पटक शुरु भएको उनको भनाइ थियो । जनप्रिय माध्यमिक विद्यालय छेडागाड नगरपालिका–३ को ४२औँ स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री बस्नेतले देशभरिका ८२ वटा विद्यालयमध्ये जाजरकोमा दुई वटा विद्यालय नमूना रहेकाले यसलाई बढाउनुपर्ने बताए ।

जिल्लाभरी विद्युतीकरणका लागि काम शुरु भइसकेको भन्दै उनले अहिले भौतिक पूर्वाधारको काम चलिरहेको बताए । जिल्लाका पाँच ठाउँमा विद्युत्का सवस्टेशन निर्माणको काम चलिरहेको र टेलिफोनको समस्य समाधान गर्न पुराना निर्माण व्यवसायीले काम नगर्ने भएकाले नयाँबाट काम गर्नका लागि प्रक्रिया शुरु भइसकेको मन्त्री बस्नेतले बताए । कर्णाली प्रदेशको भाग्यसँग जोडिएको नलगाड जलविद्युत् आयोजनाको काम समेत अगाडि बढेको, छेडागाड नगरपालिका– २ र ३ मा टिमुरको पकेटक्षेत्र घोषण गरी जनताको जनजीवन बदल्ने प्रयास भइरहेको र जाजरकोटमा अब छिट्टै शैक्षिक सम्मेलन गर्ने तयारी रहेको उनको भनाइ थियो । सांसद सत्य पहाडीले विकासको अर्थ विद्यालय निर्माण मात्र नभइ समग्र शैक्षिक अवस्थामा सुधार आउनुलाई विकास आधार भएको बताए । राजनीतिक आन्दोलनको हिंसादारको रुपमा रहेका महिलालाई वास्तविक र अर्थपूर्ण सहभागिता रहनुपर्नेमा पहाडीले जोड दिए ।

संविधानमा उल्लेखित कुरा मात्र सबै कार्यान्वयन भएमा मात्र महिलाको वास्तविक सहभागिता हुने उनको भनाइ । जनआन्दोलन, जनयुद्धमामासमेत महिलाले भारी सहभागिता भएको उनको दाबी छ । नाममा मात्र विद्यालय भएर नहुने भएकाले यहाँको विद्यालयमा पढ्ने विद्यार्थी संसारका सबै कुनामा प्रतिस्पर्धा गर्नसक्ने हुनुपर्नेमा उनको जोड थियो ।

तपाईको प्रतिक्रिया