घुस लिएको अभियोगमा इन्जिनियर पक्राउ

  फागुन ०८, २०७६

बैतडी, ७ फागुन : जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय पाटनका निमित्त कार्यालय प्रमुख इञ्जिनीयर सुरेशराज भट्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख घुससहित पक्राउ गरेको छ ।

निजी इन्जिनियर चमेलिया नदी नियन्त्रण तथा आयोजना उपभोक्ता समितिबाट घुस लिँदै गर्दा रङ्गेहात पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया