विश्व रेडियो दिवस : रेडियो जर्जर अवस्थामा

  फागुन ०२, २०७६

गौशाला, १ फागुन : कुनै समयमा खेतमा काम गर्ने खेतालाले खेतको आलीमा रेडियो बजाएर हलो जोत्ने गरेको दृश्य क्रमिक रुपमा हराउँदै गएको छ ।

नेपालमा प्रजातन्त्र स्थापनापछि स्थापित भएका रेडियोहरुकोे आर्थिक अवस्था अहिले जर्जर भएका छन् । महोत्तरीका रेडियो सञ्चालकले जसोतसो रेडियोमार्फत सेवा प्रवाह गर्दै आएका छन् । कुनै समय सूचना सन्देश घरघरमा पु¥याएर अहम् भूमिका निर्वाह गरेका कारण जनजनको मुखमा झुण्डिने रेडियो पछिल्लो समय आमनागरिकको रोजाइ बन्न छाडेका छन् ।

रेडियोकर्मी जिम्मेवार नभएकै कारण पछिल्लो समय रेडियो जनमानसको पहिलो रोजाइ बन्न नसकेको सामुदायिक पैरवी मञ्च बर्दिवासका प्रमुख नागदेव यादवले बताउनुभयो ।

आज नवौं विश्व रेडियो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन शुगरिएको हो । विश्वमा व्यवसायिक रेडियो प्रशारण सुभएको ९४ वर्ष भएको छ । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रअरी १३ लाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेबमोजिम हरेक वर्ष आजको दिन रेडियोको भूमिका र महत्वबारे छलफल गरिंदै आइएको छ ।

नेपालमा २००३ सालमा रेडियोको प्रशारण सुभए पनि औपचारिक रुपमा भने रेडियो नेपालको स्थापनासंगै २००७ साल चैत्र २० गते रेडियो सञ्चालन सुभएको हो । २०४९ मा कानूनी रुपमा व्यवस्था गरिएपछि नेपालमा २०५२ सालदेखि रेडियो नेपालले नै एफएम प्रशारण सुगरेको हो । हाल एफएम रेडियोको विस्तार भै अहिले देशका सवैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन् भने अधिकाँश जिल्लामा आधा दर्जनबढी एफएम रेडियो सञ्चालनमा छन् ।

“के के न हुन्छ भनेर सामुदायिक रेडियो देशभरिमा नै क्रमिक रुपमा खोल्यो । तर राज्यले सहयोग र सम्बोधन नगरेकै कारण अहिले रेडियो जर्जर अवस्थामा पुगेका छन्”, देउराली मावि बर्दिवासका प्रधानाध्यापक केदारबहादुर कोइरालाले भन्नुभयो, समाजको अग्रगामी परिवर्तनका लागि रेडियोेलाई बचाउनका लागि आवश्यक बजेट छुट्यानुपर्छ ।” समाजिक विकृति र विसंगतिको न्यूनीकरणका लागि रेडियोमार्फत जनचेतनामूलक सन्देशहसम्प्रेषण गर्नुपर्ने आजको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

महोत्तरीस्थित रेडियो रुपान्तरण गौशालाकी सञ्चालिका सुनिता कुमारीले भन्नुभयो, “समुदाय रुपान्तरणका लागि देशमा सञ्चालित अधिकांश रेडियोको अवस्था दयनीय छ । रेडियो सञ्चालनका लागि सरकार गम्भीर हुनुपर्छ ।” प्रदेश २ मा ८० भन्दा बढी रेडियोहसञ्चालित छन् । तर अधिकाँशको अवस्था दयनीय रहेको सञ्चालिका सुनिताले बताउनुभयो । उहाँले रेडियो सञ्चार सामग्री र रेडियोकर्मीको बीमा गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलले रेडियोलाई समानुपातिक आधारमा सरकारी विज्ञापन प्राप्त नहुँदा सञ्चालनमा समस्या आएको बताउनुभयो । “राज्यको मूलधारमा नआएका वर्गको पहिलो भरोसाको केन्द्र यहाँका रेडियो छन्”, उहाँले भन्नुभयो, “ रेडियोले अब विकास पत्रकारितामा जोड दिनुपर्छ ।”

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का केन्द्रीय सदस्य रामभरोसी महतोले समाज रुपान्तरणको मुख्य अंग नै यहाँका रेडियो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ रेडियोको दिगोपना र पत्रकारको रोजीरोटीको सूनिश्चितता चाहिएको छ ।”

मटिहानी नगरपालिकाका प्रमुख हरि मण्डलले रेडियो समाज सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै रेडियोका कारण सूचनासँग जनताको सिधा पहुँच भएको छ भन्नुभयो । “जनजनमा रेडियोले सूचना पु¥यारहेको छ । रेडियो प्रतिको माया, स्नेह, जाँगरलाई लगानीकर्ताले कतै न कतै दबाएको छ । रेडियामा दिनभर काम गराउने ज्याला नदिने कारणले रेडियोकर्मीहपीडित छन् । त्यसले उत्साह मरेको छ”, उहाँले भन्नुभयो ।

जिम्मेवारी पाएका व्यक्तिले कर्तव्य निर्वाह गर्न नसक्दा ‘आवाजविहीनहरुको अवाज’ बन्न सफल रेडियोहपछिल्लो समयमा आएर जर्जर अवस्थामा पुगेको प्रदेश नं. २ का प्रदेशसभा सदस्य शारदादेवी थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “हलिले काँधमा हलोसँगै रेडियो बोकेर सुन्ने, भान्छामा काम गर्दैगर्दा गृहिणीको कानमा रेडियोले फुकेको सूचना पुग्दै आएको छ ।” यो भनेको सबैभन्दा रेडियोकोे लोकप्रियता पक्ष हो उहाँको भनाइ छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समय समयमा सकारात्मक सूचना र सन्देश प्रवाह गर्दै रेडियोले सरकारलाई सहयोगात्मक भूमिका निर्वाह गरेको उल्लेख गर्दै रेडियोको विकास र उन्नयनमा तीन वटै तहका सरकार गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया