कलंकी अन्डरपासमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु

  माघ २३, २०७६

काठमाडौं, २३ माघ : कलंकीस्थित अन्डरपासमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । गएराति करिब पौने १ बजे टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो । मृत्यु हुने दुवै जना रौतहटका भएको बताइएको छ ।

प्रदेश ०३ ००४ प ५५० नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिएको थियो । ठक्कर दिएर फरार भएको टिपरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रौतहटका राकेशकुमार चौधरी र मुन्ना चौधरी रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया