सभामुखका उम्मेदवार सापकोटाविरुद्ध रिट निवेदन

  माघ १०, २०७६

काठमाडौं, १० माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा आज रिट निवेदन दायर गरिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज दायर गरेको निवेदनमा संविधान एवं कानूनको गम्भीर उल्लङ्घन हुने जनाउँदै सभामुखका लागि प्रस्तावित उम्मेदवार सापकोटालाई सभामुखमा निर्वाचन नगर्न माग गरिएको हो ।

निवेदनमा सापकोटालाई सभामुखमा निर्वाचित गरिएमा पीडितको न्याय प्राप्तिको अधिकार कुण्ठित हुने एवं प्रतिनिधिसभा पूर्णरुपमा अमर्यादित हुने भई अपूरणीय क्षति पुग्ने जिकिर गर्दै निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निजलाई कार्य नगर्न नगराउन अन्तरिम आदेश माग गरिएको छ ।

‘सापकोटाविरुद्ध अदालतमा विचाराधीन मुद्दा भएको र यही माघ २२ गतेका लागि सो मुद्दाको पेशी तोकिएकाले सापकोटालाई सभामुख पदका निर्वाचत गर्न नहुने’ निवेदनमा जिकिर गरिएको छ ।

तपाईको प्रतिक्रिया