समाचार

बाढीपहिरोको एक महिना : अझै क्षतिको पूर्ण विवरण सङ्कलन हुन सकेन

 कार्तिक १३, २०८१

काभ्रेपलाञ्चोक, १३ कात्तिक : बाढीपहिराले यहाँ जनधनको ठूलो क्षति पुर्याएको एक महिना भयो । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिराले काभ्रेको विभिन्न स्थानीय तहमा ठूलो जनधनमा…

सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ जना पुग्यो

 कार्तिक १३, २०८१

अर्घाखाँची, १३ कात्तिक : अर्घाखाँचीको सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ जना पुगेको छ । सन्धिखर्क नगरपालिका–१ तारामार्ग निवासी दीपक केसीले आइतबार देउराली पूजा लगाउनुभएको थियो ।…

पाल्पामा सयपत्री फूलको माग उच्च

 कार्तिक १३, २०८१

रामपुर (पाल्पा), १३ कात्तिक : ढकमक्क फुल्दै गरेको सयपत्री फूलले यतिबेला ग्राहक तथा व्यवसायीको मन तानिरहेको छ । तिहार नजिकिँदै गर्दा व्यवसायीलाई फूलको माग आइरहेको छ । वैदेशिक रोजगारीबाट फर्केर…

‘डर्टी पेनिकल’रोगले धान बालीमा क्षति

 कार्तिक १३, २०८१

बनियानी (झापा), १३ कात्तिक : धान बालीमा लाग्ने ‘डर्टी पेनिकल’ नामक रोगका कारण जिल्लाका दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको छ । झापाका पाँच स्थानीय तहको दुई…

अराजक गतिविधि र साम्प्रदायिक विद्वेष मौलाउन दिइन्न : प्रधानमन्त्री

 कार्तिक १३, २०८१

काठमाडौँ, १३ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता तथा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गर्नुभएको छ । मातातीर्थस्थित सशस्त्र प्रहरी बल प्रतिष्ठानमा आज भएको…

नेप्से परिसूचक ४६ अङ्कले वृद्धि, ६ अर्ब बढीको कारोबार

 कार्तिक १३, २०८१

काठमाडौँ, १३ कात्तिक : धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक ४६ दशमलव ६९ अङ्कले उकालो लागेर दुई हजार…

खरिपाटी बस दुर्घटना : १० घाइते, दुईकाे अवस्था गम्भीर

 कार्तिक १३, २०८१

भक्तपुर, १३ कात्तिक : चाँगुनारायण नगरपालिकाको तेलकोटबाट यात्रु बोकेर आएको यात्रुवाहक बस आज खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।  नगरपालिका कार्यालयसँगै घुमाउनेमा तीव्र गतिमा आएको…

ट्रक दुर्घटनामा चालकको मृत्यु

 कार्तिक १३, २०८१

रामपुर (पाल्पा), १३ कात्तिक : पाल्पाको रम्भा गाउँपालिका– ३ अगाहाखोलास्थित सिद्धार्थ राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ९३५१ नं को…

कोरला नाकामा अध्यागमन कार्यालय स्थापना

 कार्तिक १३, २०८१

गलेश्वर (म्याग्दी), १३ कात्तिक : चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार केही दिनमै अध्यागमन कार्यालयको औपचारिक उद्घाटन…

सुनको मूल्य निरन्तर बढ्दो, प्रतितोला एक लाख ६८ हजार पाँच सयमा कारोबार

 कार्तिक १३, २०८१

काठमाडौँ, १३ कात्तिक : अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि भएको छ । स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुन रु…