समाचार
प्रतिनिधिसभा : ‘ग्रे लिस्ट’बारे सरकारको ध्यानाकर्षण
काठमाडौँ, १३ फागुन : सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल (एफएटिएफ)ले नेपाललाई खैरो सूची (ग्रे लिस्ट) मा राखेपछि यसबाट बाहिर निस्कनका लागि नेपालले गरिरहेको तयारीबारे संसद्मा…
माओवादीलाई जनमुखी र समाजवादको आधारतर्फ अघि बढाउन आवश्यक छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
चितवन, १३ फागुन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माआवादी केन्द्रलाई जनमुखी र समाजवादको आधारतर्फ अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपालले…
मधेशका किसान समूहलाई दुई अर्ब अनुदान दिइने
महोत्तरी, १३ फागुन : मधेशका पशुपक्षीपालन गर्ने किसानले अनुदान पाउने भएका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको बर्दिबासस्थित आर्थिक करिडोर आयोजना कार्यालयले मधेशका एक सय ७९ किसान समूहलाई दुई…
सैनिक मञ्च टुँडिखेलमा बुधबार सेना दिवस
काठमाडौँ, १३ फागुन : सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले बुधबार २६२औँ स्थापना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका…
राष्ट्रपति पौडेलसँग भारत, भूटान र माल्दिभ्सका एनसिसी प्रतिनिधिको शिष्टाचार भेट
काठमाडौँ, १३ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलसँग युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको…
प्रतिनिधिसभा बैठक सुरु
काठमाडौँ, १३ फागुन : प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति…
छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा
वालिङ (स्याङ्जा), १३ फागुन : यहाँको चापाकोट नगरपालिकाले छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । नगरपालिकाका १० वटा वडामध्ये प्रत्येक वडाका अति विपन्न ६० घर परिवारका दरले…
मेक्सिको र क्यानाडामाथि कर लगाउने ट्रम्पको घोषणा
अमेरिका, १३ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडामाथि कर लगाउने घोषणा गर्नुभएको छ । मेक्सिको र क्यानडामा करका लागि आगामी समयसीमाको बारेमा सोध्दा ट्रम्पले ह्वाइट हाउसमा फ्रान्सेली…
बस दुर्घटनामा १८ घाइते
धुलिखेल (काभ्रेपलाञ्चोक), १३ फागुन : बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० शारदाबतासमा आज बिहान बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बागमती प्रदेश–३–०१–००५ ख ९९४२…
महाशिवरात्रिमा कृषि प्रदर्शनी मेला
बैतडी, १३ फागुन : महाशिवरात्रिका अवसर पारेर यहाँका दुई स्थानमा कृषि प्रदर्शनी मेला लाग्ने भएको छ । डिलासैनी गाउँपालिकाको हरिनगरमा यही फागुन १४ गतेदेखि तीन दिनसम्म कृषि प्रदर्शनी मेला लाग्ने…






