समाचार

पत्रकार र सञ्चारगृहमाथिको आक्रमणविरुद्ध प्रदर्शन

 चैत १५, २०८१

चितवन, १६ चैत : नेपाल पत्रकार महासङ्घ चितवन शाखाले शुक्रबार काठमाडौँमा भएको आन्दोलनमा समाचार सङ्कलन गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारगृहमाथिको भएको आक्रमणमो विरोधमा प्रदर्शन गरेको छ…

सुदूरपश्चिम प्रदेशका उद्योगमन्त्रीद्वारा राजीनामा

 चैत १५, २०८१

सुदूरपश्चिम, १६ चैत : सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिनुभएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आज बिहान पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा…

भूकम्प प्रभावित म्यानमारमा भारतीय सहायता पठाइयो

 चैत १५, २०८१

नयाँदिल्ली, १६ चैत : म्यानमारमा भारतले मानवीय सहायताका लागि हवाइ मार्गबाट सहयोग पठाएको भारतीय विदेशमन्त्रीले शनिबार बताउनुभएको छ । म्यानमारमा शुक्रबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले व्यापक क्षति पुर्‍याएपछि म्यानमारको…

शीर्ष नेताद्वारा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय अवलोकन

 चैत १५, २०८१

काठमाडौँ, १६ चैत : समाजवादी मोर्चा नेपालका नेताहरुले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा निरीक्षण गर्नुभएको छ । विभिन्न धार्मिक सङ्घ संस्था तथा राजवादी समर्थकको समूहले शुक्रबार पार्टी कार्यालयमा…

दश स्थानीय तहका २० वडा डढेलोको जोखिममा

 चैत १५, २०८१

खोटाङ, १६ चैत : दश स्थानीय तह रहेको खोटाङका २० वटा वडा डढेलोको उच्च जोखिममा रहेका छन् । विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना र जिल्ला विपद् व्यवस्थापन समितिले दुई नगरपालिका…

पत्रकार रजकप्रति श्रद्धाञ्जली, पत्रकार महासङ्घ विरोधमा

 चैत १५, २०८१

काठमाडौँ, १६ चैत : पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । नेपाल पत्रकार महासङ्घको अगुवाइमा पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता…

आन्दोलनबाट क्षति पुगेकालाई राज्यले सम्बोधन गर्नुपर्छ : महासचिव पोखरेल

 चैत १५, २०८१

काठमाडौँ, १६ चैत : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले शुक्रबार (चैत १५ गते) भएको पूर्वराजा समर्थकहरूको आन्दोलनबाट क्षति पुगेकालाई राज्यले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत…

भारतबाट थप चार सय छ मेगावाट विद्युुत् आयात

 चैत १५, २०८१

काठमाडौँ, १६ चैत : छिमेकी मुलुक भारतबाट नेपालमा थप ४०६ मेगावट विद्युुत् आउन थालेको छ । भारतले थप चार घण्टा विद्युत् दिने सहमति गरेसँगै ४०६ मेगावाट विद्युुत् आउन थालेको नेपाल…

चिनी उत्पादन अनुपातमा ह्रास

 चैत १५, २०८१

महोत्तरी, १६ चैत : गत वर्षको तुलनामा उखुबाट चिनी उत्पादन अनुपातमा ह्रास आएको यहाँको गौशाला–१ स्थित एभरेष्ट चिनी उद्योगले जनाएको छ । सो उद्योगका अनुसार चालु आर्थिक वर्षमा एक क्विन्टल…

कर्फ्यु आदेश स्थगन

 चैत १५, २०८१

काठमाडौँ, १६ चैतः स्थानीय प्रशासन ऐन, २०२८ को दफा (६)क बमोजिम काठमाडौँ प्रशासनले शुक्रबारदेखि तीनकुने क्षेत्रमा जारी गरेको कर्फ्यु आदेश आज बिहान ७ बजेदेखि स्थगन गरेको छ । काठमाडौँ महानगरपालिका…