समाचार

‘एचवान बी’ भिसाका लागि अमेरिकामा बसोबास गरेकाले मात्र आवेदन गर्न पाउने

 फागुन २१, २०७६

काठमाडौ, २१ फागुन : बिभिन्न सञ्चार माध्यममा नेपाली कामदारका लागि अमेरिकामा जान आबेदन माग भएको भनने समाचारहरु आए पनि सो सुविधा अमेरिकामा बसोबास गरी रहेकाहरुका लागि मात्र भएको स्पष्ट पारिएको…

मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

 फागुन २०, २०७६

काठमाडौँ, २० फागुन : स्थानीय वायुको प्रभावले आज देशको पूर्वी तथा मध्यपहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम…

कोरोना भित्रिन नदिन जिल्लामा उच्च सतर्कता

 फागुन २०, २०७६

चितवन, २० फागुन : चीनबाट शुरु भएर विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको सम्भावित खतरालाई ध्यानमा राखी स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ । अस्पतालमा विशेष सावधानी अपनाउन, मेला महोत्सव…

नेपाल–भारत समन्वय समितिको बैठक बुधबार

 फागुन २०, २०७६

बैतडी, २० फागुन : नेपाल–भारतको जिल्लास्तरीय समन्वय समितिको बैठक भोलि बुधबार बैतडीमा बस्ने भएको छ । भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुला तथा भारतको उत्तराखण्डको पिथौरागढको…

कास्की कारागारमा क्षमताको दुईगुणा कैदीबन्दी

 फागुन २०, २०७६

पोखरा, २० फागुन : पाँच दशकअघि स्थापना गरी सञ्चालनमा आएको कास्की कारागारमा यतिखेर क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेका छन् । पोखरामा रहेको कास्की कारागारमा ४२० जनाको क्षमता भए पनि हाल विभिन्न…

सिद्धबाबालाई क्षेत्रीय कारागार झुम्का चलान

 फागुन २०, २०७६

सुनसरी, २० फागुन : माघ ९ गते उच्च अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिए पछि भारततर्फ भागेका बलात्कारका अभियुक्त सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जिल्ला अदालत सुनसरीमा उपस्थित भएका छन्…

मतदाता नामावली अद्यावधिक हुँदै

 फागुन २०, २०७६

काठमाडौँ, २० फागुन : मतदाता नामावली संकलन तथा अद्यावधिक विशेष कार्यक्रम, २०७६ कार्यान्वयनका सम्बन्धमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसँग निर्वाचन आयोगले छलफल गरेको छ । मतदाता नामावली संकलन कार्य ७७…

प्रतिबन्धित औषधि कारोवारी पुनःसक्रिय

 फागुन २०, २०७६

काभ्रेपलाञ्चोक, २० फागुन : प्रहरीले गत आइतबार पनौती नगरपालिका–६ स्थित एक घरबाट लुकाइछिपाइ राखेको प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ २७९ ट्याब्लेट बरामद गर्यो । उक्त घरमा डेरा गरी बस्ने ३२ वर्षीया शुभद्रा…

फोहर व्यवस्थापनमा एकरूपता कायम गराउन निर्देशिका सार्वजनिक

 फागुन २०, २०७६

काठमाडौँ, २० फागुन : फोहर संकलन र ढुवानीका लागि काम गर्ने निजी कम्पनीका सदस्यहरूले स्वनियम पालनासम्बन्धी ‘कार्यसञ्चालन, अनुगमन तथा मूल्यांकनसम्बन्धी निर्देशिका–२०७६’ सार्वजनिक गरेका छन् । फोहरमैला व्यवस्थापन संघले सोमबार आयोजना…

उपभोक्ता समितिमार्फत रातो मच्छिन्द्रनाथ पुनःनिर्माण गरिने

 फागुन २०, २०७६

ललितपुर, २० फागुन : विसं २०७२ को गोरखा भूकम्प गएको लगभग पाँच वर्ष हुन लाग्दा ललितपुर महानगरपालिका–२२ बुंमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको अझै पुनःनिर्माण हुनसकेको छैन । मन्दिर पुनःनिर्माणका लागि तीन…