समाचार

भारतीय स्थलसेनाध्यक्ष नरवणे काठमाडौंमा

 कार्तिक १९, २०७७

काठमाडौं, कात्तिक १९ : प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको छ । बलाधिकृत रथी प्रभुराम शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा…

पूर्वसभामुख महराकी पत्नी सीता महराको कोरोना संक्रमणबाट निधन

 कार्तिक १९, २०७७

काठमाडौं, कात्तिक १९ : प्रतिनिधिसभा सदस्य तथा पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको बुधबार निधन भएको छ । ५९ वर्षीया महरापत्नी सीताको उपचारका क्रममा नर्भिक अस्पतालमा बुधबार बिहान निधन भएको…

जुवाको खालबाट गोरु व्यापारीसहित छ जुवाडे पक्राउ

 कार्तिक १९, २०७७

सर्लाही, कात्तिक १९ : जिल्लाको बरथवाबाट छ जना जुवाडेलाई प्रहरीले जुवाको खालबाट पक्राउ गरेको छ । बरथवा नगरपालिका–६ का शम्भु सिंहको घरमा जुवा खेल भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी…

महाकाली करिडोर जोड्न सडक निर्माण गरिँदै

 कार्तिक १९, २०७७

कञ्चनपुर, कात्तिक १९ : भीमदत्त नगरपालिकाको गड्डाचौकीबाट ब्रह्मदेव महाकाली करिडोरलाई जोड्न सडक निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ । गड्डाचौकीबाट जिमुवा हुँदै तुमडानी भएर ब्रह्मदेव करिडोरसम्म सडक निर्माण गर्न लागिएको…

धादिङ अस्पतालमा भेन्टिलेटर र आइसीयूकक्ष निर्माण हुँदै

 कार्तिक १९, २०७७

धादिङ, कात्तिक १९ : धादिङ अस्पताल धादिङमा एक साताभित्र भेन्टिलेटर जडान गरी सेवा शुरु गरिने भएको छ । वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा धादिङ अस्पतालमा दुईवटा भेन्टिलेटर राख्न…

२ बजे नै बन्द हुन्छ भद्रवास आयुर्वेद औषधालय

 कार्तिक १९, २०७७

काठमाडौँ, कात्तिक १९ : कागेश्वरी मनोहरा नगरपालिका–३ स्थित भद्रवासमा रहेको आयुर्वेद औषधालय दुई बजे नै बन्द हुने गरेको छ । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै आयुर्वेद उपचार पद्धतिप्रतिको आकर्षण चुलिए पनि…

हेलम्बुलाई स्याउको गाउँ बनाइने

 कार्तिक १९, २०७७

सिन्धुपाल्चोक, कात्तिक १९ : हेलम्बुलाई स्याउको गाउँ बनाइने भएको छ । करिब ३७ वर्षपछि सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि हेलम्बुलाई पुनः स्याउको गाउँ बनाउन स्थानीयवासी जुटेका छन्…

एक करोडसहित तीन हुण्डी कारोबारी पक्राउ

 कार्तिक १८, २०७७

काठमाडौं, कात्तिक १८ : प्रहरीले रु एक करोड रकमसहित तीन हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका-२३ ओमबहालस्थित गोल्डेन लिफ होटलबाट उनीहरुलाई पक्राउ गरी थप कारवाहीका लागि आज राजस्व…

निगमले लागू ग-यो नयाँ सफ्वेयर

 कार्तिक १८, २०७७

काठमाडौं, कात्तिक १८ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले उड्डयन सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन आधुनिक प्रविधियुक्त नयाँ सफ्वेयर लागू गरेको छ । निगमले यसअघि सञ्चालन गर्दै आएको…

उपत्यकाको ट्राफिक व्यवस्थापनमा समन्वयको अभाव

 कार्तिक १८, २०७७

काठमाडौं, कात्तिक १८ : मुलुकको राजधानी काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन थप चुनौती पूर्ण बन्दै गएका बेला सम्बद्ध व्यक्तिहरुले एकीकृत योजना कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभएको छ । गृहमन्त्रालय र मातहतका निकायले…