समाचार

क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाउन थालियो

 भदौ २७, २०८०

काठमाडौँ, २७ भदौ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभरका सबै उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’का खोप उपलब्ध गराउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ । परोपकार प्रसूति तथा…

रुकुम पश्चिममा फेरिए खरको छाना

 भदौ २७, २०८०

रुकुम पश्चिम, २७ भदौ : रुकुम पश्चिममा खरको छाना हटाउने कामले तीव्रता पाएको छ । जिल्लाभर एक वर्षका अवधिमा दुई हजार भन्दा धेरै घरमा खरका छाना हटाइएको छ । आर्थिक…

जङ्गली हात्तीबाट बाली जोगाउनै मुस्किल

 भदौ २७, २०८०

बेदकोट (कञ्चनपुर), २७ भदौ : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ शिवनगरका महावीर क्षेत्रीको घर नेपाल–भारत सीमा नजिकै पर्छ । उहाँको भारतीय सीमामा जोडिएको एक बिघा जमिन छ । उक्त जमिनमा धान,…

भोजपुरमा भेटिए कालाजारका बिरामी

 भदौ २७, २०८०

भोजपुर, २७ भदौ : पूर्वी पहाडी जिल्ला भोजपुरमा कालाजारका बिरामी फेला परेका छन् । यहाँको पौवादुङमा गाउँपालिका-५ सानो दुम्माका दुईजनामा कालाजारको सङ्क्रमण फेला परेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।…

मकै बाली जोगाउन रातभर जाग्राम

 भदौ २७, २०८०

अछाम, २७ भदौ : यहाँका कृषक मकै बाली जोगाउन रातभर जाग्राम बस्ने गरेका छन् । पाक्नै लागेको मकै बाली जङ्गली जनावरले खान थालेपछि किसान मकै बारीभित्रै पाल हालेर रातभर जाग्राम…

यातायात कार्यालयलाई फाइल र ढड्डामुक्त बनाइँदै

 भदौ २७, २०८०

म्याग्दी, २७ भदौ : गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनको विवरण र अभिलेख ‘डिजिटलाइजेसन’ (विद्युुतीय अभिलेखीकरण) गर्न थालिएको छ । सवारी साधन दर्ता, नवीकरणसम्बन्धी सेवालाई छिटो, झन्झटमुक्त र अभिलेखलाई व्यवस्थित…

भारतमा एक नेपालीको मृत्यु

 भदौ २७, २०८०

बैतडी, २७ भदौ : रोजगारीका सिलसिलामा भारतको नयाँ दिल्लीमा रहेका बैतडीको शिवनाथ गाउँपालिका–१ कुँडका २८ वर्षीय सुरेन्द्र साउदको मृत्यु भएको छ । गत पाँच वर्षदेखि रोजगारीका लागि दिल्लीमा रहेका उहाँको…

तनहुँमा सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण

 भदौ २७, २०८०

दमौली (तनहुँ), २७ भदौ : तनहुँमा सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । साउन महिनायता जिल्लाका विभिन्न ठाउँका सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो…

सुरक्षित मातृत्व कार्यक्रम प्रभावकारी

 भदौ २७, २०८०

लुम्बिनी, २७ भदौ : लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित सुरक्षित मातृ स्वास्थ्य कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी देखिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत उक्त कार्यक्रम करिब १५ वर्षदेखि अस्पतालमा…

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य

 भदौ २७, २०८०

लुम्बिनी, २७ भदौ : लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गए राति १२ः०० बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न…