समाचार
रसुवागढी नाकामा प्रहरीको विशेष निगरानी
रसुवा, ५ मङ्सिर : रसुवागढी नाकाबाट सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी बढाएको छ । तस्करले गहना बनाइ सुन ल्याउन थालेपछि प्रहरीले सुक्ष्म निगरानी बढाएको हो । जिल्ला प्रहरी…
निमोनियाबाट एक महिने शिशुको निधन
जाजरकोट, ५ मङ्सिर : चिसोबाट यहाँ एक महिने शिशुको निधन भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले…
चिसो छल्न चितवनमा ‘पर्यटक’ चरा आउन थाले
चितवन, ५ मङ्सिर : चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका क्षेत्रमा स्वदेशी तथा विदेशी ‘पर्यटक’ चराको आगमन सुरु भएको छ । जाडो चल्न हाँस प्रजाति सहित बाज, चिललगायतका चरा यहाँ आउन थालेका…
मङ्सिर ७ भित्र भूकम्पको क्षतिको विवरण सङ्कलन गर्न पालिकालाई निर्देशन
जाजरकोट, ५ मङ्सिर : जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पूर्ण विवरण यही मङ्सिर ७ भित्र पठाउन पालिकाहरुलाई निर्देशन दिएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा…
सामुदायिक वनभित्र ‘इको करिडोर’ निर्माण
त्रिवेणी (नवलपरासी), ५ मङ्सिर : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा वन्यजन्तुमा आधारित पर्यटकीय गतिविधि बढ्दोक्रममा रहेको छ । पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका मध्यवर्ती सामुदायिक वनमा वन्यजन्तु अवलोकनका लागि प्रमुख…
बैटारीमा अकबरे खुर्सानीको व्यावसायिक खेती
गोरखा, ५ मङ्सिर : गोरखा नगरपालिका–१३ देउरालीस्थित बैटारीमा लामो समयदेखि बाँझो रहेको करिब एक सय तीन रोपनी जमिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न सुरुआत गरिएको छ । स्थानीय कृषक जीतबहादुर…
पर्यटन प्रवर्द्धनार्थ जङ्गलमा ताल निर्माण सुरु
काभ्रेपलाञ्चोक, ५ मङ्सिर : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ मा रहेको हिले जलजले सामुदायिक वनमा पर्यटक लोभ्याउने उद्देश्यले ताल निर्माण सुरु गरिएको छ । पर्यटकीयस्थल नगरकोटसँगै जोडिएको नजिकमा पर्ने उक्त वन क्षेत्रलाई…
आयश्रोतको माध्यम बन्दै पुष्पखेती
बेदकोट (कञ्चनपुर), ५ मङ्सिर : कञ्चनपुरमा पुष्पखेतीमा किसानको आकर्षण बढेको छ । स्वदेशमै थोरै लगानीमा गतिलो आम्दानी हुन थालेपछि पुष्पखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको हो । प्लाष्टिक मालाको प्रयोग…
चौँरी बिक्री नहुँदा सास्ती
फुङ्लिङ (ताप्लेजुङ), ५ मङ्सिर : जङ्गलको बीचमा वर्षौँदेखि व्यावसायिक चौँरीपालन गरिरहेका मिक्वाखोला गाउँपालिका–५ का ४६ वर्षीय मिलनदोर्जे शेर्पा । त्यहाँ मानव बस्ती, सडक, बिजुली, सञ्चारको पहुँच छैन । अनकन्टार जङ्गलको…
नबिकेपछि खेतमै कुहिन लाग्यो सयपत्रीफूल
झापा, ५ मङ्सिर : व्यावसायिक सयपत्री फूलको खेतीमा लगानी गरेका किसान फूल नबिकेपछि समस्यामा परेका छन् । तिहार र छठपर्वमा पनि नबिकेका फूल अब खेतमै कुहिने अवस्था पुगेको छ ।…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
रोजगारीले रसुवा पुर्यायो, भोटेकोशीले घर फर्कन दिएन
भदौ १६, २०८३






