समाचार

प्रधानमन्त्री कार्यालयका ६८ दरबन्दी कटौती

 पुष १२, २०८०

काठमाडौँ, १२ पुस : सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनःसंरचनासहित सङ्गठन व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गरेको छ । प्रधानमन्त्री कार्यालयमा आज भएको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा…

युवालक्षित नवप्रवर्तनलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन

 पुष १२, २०८०

काठमाडौँ, १२ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालक्षित नवप्रवर्तनलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिनुभएको छ । सिंहदरबारमा आज भएको उद्योग मन्त्रालयसँग सम्बन्धित…

गभर्नरको योग्यतालाई लिएर सर्वोच्चमा रिट

 पुष १२, २०८०

काठमाडौँ, १२ पुस : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ । कानुनव्यवसायीहरु दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिमिल्सना र चुडामणि…

मन्त्रिपरिषद्को बैठक : गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण

 पुष १२, २०८०

काठमाडौं, १२ पुस : सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको न्यूनतम समर्थन मूल्य…

‘घरजग्गा कारोबारको हदबन्दी हटाउन सरकार प्रयत्नशील छ’

 पुष १२, २०८०

काठमाडौँ, १२ पुस : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले घरजग्गा कारोबारमा रहेको हदबन्दी हटाउन सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । नेपाल आवास तथा जग्गा विकास सङ्घको आयोजनामा…

चिसो बढेपछि एक महिना विद्यालय बन्द

 पुष १२, २०८०

मुगु, १२ पुस : मुगुम कार्मारोङ गाउँपालिकाले उपल्लो करानका विद्यालयमा एक महिना जाडो बिदा दिने निर्णय गरेको छ । अत्यधिक जाडो बढेपछि कर्मचारीलाई काम गर्न गाह्रो र पठनपाठनमा अप्ठ्यारो भएपछि पुस…

राष्ट्रपतिसमक्ष जापानका राजदूतको शिष्टाचार भेट

 पुष १२, २०८०

काठमाडौं, १२ पुस : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापानका राजदूत किकुता यूताकाले शिष्टाचार भेट गर्नुभएको छ । बिहीबार राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसमक्ष जापानका राजदूत यूताकाले शिष्टाचार भेट गर्नुभएको राष्ट्रपति कार्यालयका…

एनसेल खरिद–बिक्रीको अध्ययन प्रतिवेदन आएपछि निर्णय लिन्छौँ : सञ्चारमन्त्री

 पुष १२, २०८०

काठमाडौँ, १२ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन तथा छानबिन समितिको प्रतिवेदनप्राप्त भएपछि सरकारले निर्णय लिने बताउनुभएको छ । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा…

जनताको आशा बचाउन गम्भीर भएर काम गर्नुपर्छ : प्रधानमन्त्री

 पुष १२, २०८०

काठमाडौँ, १२ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आशा बचाउन गम्भीर भएर काम गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित छलफलका…

घरजग्गा कारोबारमा रहेको हदबन्दीको समस्या सम्बोधनतर्फ प्रयत्नरत छु : मन्त्री श्रेष्ठ

 पुष १२, २०८०

काठमाडौं, १२ पुस : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले घरजग्गा कारोबारमा रहेको हदबन्दीको समस्या सम्बोधन गर्नेतर्फ मन्त्रालय प्रयत्नरत रहेको बताउनुभएको छ । बिहीबारबाट काठमाडौँमा सुरु भएको आठौँ घरजग्गा…