समाचार

काठमाडौँमा मध्याह्नपछि पानी पर्ने सम्भावना

 चैत ०८, २०८०

काठमाडौँ, ८ चैत : पश्चिमी न्यूनचापीय प्रणाली तथा विहार राज्यको आसपासको न्यूनचापीय प्रणालीको प्रभावले आज पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान…

सुन तस्करी प्रकरण : महरासँग आज पनि बयान लिइँदै

 चैत ०८, २०८०

काठमाडौँ, ८ चैत : सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ । यही चैत ५ गते कपिलवस्तुको पकडीबाट…

५६ लाख ४३ हजार बालबालिकाले लगाए दादुरा–रुवेलाविरुद्धको खोप

 चैत ०८, २०८०

काठमाडौँ, ८ चैत : सरकारले सञ्चालन गरेको दादुरा–रुवेलाविरुद्धको खोप अभियानमा ५६ लाख ४३ हजार नौ सय १२ जना बालबालिकाले खोप लगाएका छन् । दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले गत…

जलविद्युत् र मल कारखानामा लगानी गर्न रुसलाई आग्रह

 चैत ०७, २०८०

काठमाडौँ, ७ चैत : अर्थमन्त्री वर्षमान पुनले ठूला जलविद्युत् आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गर्नुभएको छ । नवनियुक्त अर्थमन्त्री पुनलाई बधाई ज्ञापन गर्न आज अर्थ मन्त्रालय…

कञ्चनपुरका दुई सय ६३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा

 चैत ०७, २०८०

कञ्चनपुर, ७ चैत : राष्ट्रिय भूमि आयोगको जिल्ला समिति कञ्चनपुरले हालसम्म दुई सय ६३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ । विगतका आयोग, समिति र कार्यदलका बाँकी काम सम्पन्न गर्नेसम्बन्धी…

सहकारी ठगीबारे अनुसन्धान गर्न छानबिन समिति गठन माग

 चैत ०७, २०८०

काठमाडौँ, ७ चैत : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सहकारी ठगीका सम्बन्धमा अनुसन्धानका लागि छानबिन समिति गठनलगायतका विषय उठान गर्नुभएको छ । बैठकको आकस्मिक समयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद…

कच्चा पदार्थको अभावमा कैलालीका १३७ साना उद्योग बन्द

 चैत ०७, २०८०

गोदावरी (कैलाली), ७ चैत : कच्चा पदार्थको अभावमा कैलाली जिल्लामा सञ्चालित  एक सय ३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना…

खुम्बुको पर्यटन जोगाउने भरियाहरू

 चैत ०७, २०८०

सल्लेरी (सोलुखुम्बु), ७ चैत : टाउकोमा नाम्लोको सहाराले पिठ्यूँमा गह्रौँ ‘ब्याकप्याक’ बोकेका उनीहरू सगरमाथा आधार शिविरतर्फको उकालो लाग्दै थिए । हिमालको चिसो हावा चलिरहे पनि चैतको चर्कँदो घामले उनीहरूको शरीर पसिनाले निथ्रुक्क…

चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु

 चैत ०७, २०८०

पाँचथर, ७ चैत : चट्याङले लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको…

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ०७, २०८०

काठमाडौँ, ७ चैत : सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित पक्राउ परेका…