समाचार

महासचिव पोखरेलद्वारा केन्द्रीय कार्यालय अनुगमन

 भदौ ३०, २०८२

काठमाडौँ, ३० भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयको अनुगमन गर्नुभएको छ । महासचिव पोखरेलले आज कार्यालय पुगी ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा…

जनविद्रोह गर्ने र विस्थापित भएकाको परीक्षण निर्वाचनमार्फत हुन्छः गृहमन्त्री अर्याल

 भदौ ३०, २०८२

काठमाडौँ, ३० भदौ : नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन वर्तमान सरकार गठन भएको बताउनुभएको छ । गृहमन्त्रालयमा आज पदबहालीपश्चात् सञ्चारकर्मीसँग उहाँले निष्पक्ष निर्वाचन गर्ने मूल कार्यभार…

बङ्गलादेश सुधार चार्टरमा सहमति, कार्यान्वयनमा मतभेद

 भदौ ३०, २०८२

बङ्गलादेशको अन्तरिम सरकारले सोमबार राजनीतिक दलहरू व्यापक सुधार चार्टरमा सैद्धान्तिक रूपमा सहमत भएको तर कार्यान्वयन प्रक्रियामा मतभेद देखिएको बताएको छ । सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहबाट प्रधानमन्त्री शेख…

अमेरिका : टिकटक सम्झौतामा चीनसँग ‘धेरै नजिक’

 भदौ ३०, २०८२

संयुक्त राज्य अमेरिका टिकटकसम्बन्धी विवाद सुल्झाउन चीनसँगको सम्झौताको ‘धेरै नजिक’ पुगेको अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार मेड्रिडमा जारी व्यापार वार्ताका क्रममा बताउनुभएको छ । बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले…

युक्रेनमा सन् २०२२ देखि क्लस्टर बम विस्फोट, १२ सयभन्दा बढी सर्वसाधारण हताहत

 भदौ ३०, २०८२

रुसको पूर्ण आक्रमण सुरु भएदेखि युक्रेनमा क्लस्टर बम आक्रमणले एक हजार दुई सयभन्दा बढी सर्वसाधारणको मृत्यु वा घाइते भएको समाचार छ । हतियार उन्मूलन गर्ने विश्वव्यापी प्रयासलाई अवरुद्ध गर्ने ‘चिन्ताजनक…

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्री घिसिङको निर्देशन

 भदौ ३०, २०८२

काठमाडौँ, भदौ ३० गते। नवनियुक्त ऊर्जा तथा जनस्रोतमन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन निर्देशन दिनुभएको छ।  सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि उहाँले यस्तो निर्देशन दिनुभएको हो। “नेपाल आर्थिक र राजनीतिक…

मेड्रिडमा अमेरिका–चीन व्यापार वार्ता सुरु

 भदौ ३०, २०८२

चीन र संयुक्त राज्य अमेरिकाले सोमबार मेड्रिडमा व्यापार वार्ता पुनः सुरु गरेका छन् । दुवै देशबीच व्यापार र प्रविधिमा चर्किएको विवाद कम गर्नु वार्ताको उद्देश्य रहेको छ । विवादले दुई…

बाढीले मध्यपहाडी लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्ड अवरुद्ध

 भदौ ३०, २०८२

ढोरपाटन (बागलुङ), ३० भदौ : भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–४ स्थित कालापैराखोलामा आएको बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड पूर्ण रुपमा…

क्षतिग्रस्त तारकेश्वर नगरपालिकाका कामकाज नियमित सञ्चालनमा

 भदौ ३०, २०८२

काठमाडौँ, ३० भदौ : जेनजी युवाहरूको प्रदर्शनी र आगजानीका कारण क्षतिग्रस्त तारकेश्वर नगरपालिकाको कामकाज नियमित रूपमा सञ्चालनमा आएको छ । आन्दोलन र आगजानीका कारण तोडफोड भएको भौतिक संरचनालाई स्थानीयवासी र…

ऊर्जामन्त्री कुलमान घिसिङले गर्नुभयो पदभार ग्रहण

 भदौ ३०, २०८२

काठमाडौँ, भदौ ३० गते । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले कार्यभार सम्हाल्नुभएको छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेपछि उहाँले पदबहाली गर्नुभएको हो । उहाँ नेपाल विद्युत् प्राधिकरणको पूर्व कार्यकारी…