समाचार

गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

 असोज १२, २०८१

गोरखा, १२ असोज : गोरखा–आँबुखैरेनी सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । उक्त सडकखण्डको गोरखा नगरपालिका–१२ स्थित सातकिलो ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रहरी सहायक…

हेवा खोलाको बाढीले बेलिब्रिज बगायो, मेची राजमार्ग अवरुद्ध

 असोज १२, २०८१

पाँचथर, १२ असोजः अविरल वर्षापछि हेवा खोलामा आएको बाढीले मेची राजमार्ग अन्तर्गतको ‘बेलिब्रिज’बगाएको छ । फिदिम नगरपालिका–४ का वडाध्यक्ष उपेन्द्र लावतीले हेवा खोलामा आएको बाढीले ‘बेलिब्रिज’ बगाएको जानकारी दिनुभयो ।…

मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा

 असोज १२, २०८१

मकवानपुर, १२ असोजः अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ । सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय…

तम्घास–रिडी, रुद्रबेणी–वामीटक्सार र कालीगण्डकी करिडोर अवरुद्ध

 असोज १२, २०८१

गुल्मी, १२ असोजः अविरल वर्षाका कारण तम्घास–रिडी र रिडी–रुद्रबेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । तम्घास–रिडी सडकखण्डअन्तर्गत रेसुङ्गा नगरपालिका–११ उर्लेनी, गुल्मीदरबार गाउँपालिका–४ को वीरबास र छत्रकोट गाउँपालिका–३ को लुम्छामा सडकमाथिबाट पहिरो…

ललितपुर नखिपोटमा खोलाले बगाउँदा ४ जना बेपत्ता

 असोज १२, २०८१

काठमाडौँ, १२ असोजः अविरल वर्षाका कारण आएको बाढीले ललितपुर महानगरपालिका नखिपोट कोलोनी क्षेत्रमा नख्खु खोलाले बगाउँदा चार जना व्यक्ति बेपत्ता भएका छन् । सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका…

प्रधानमन्त्रीको उपस्थितिमा मातृ-शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता

 असोज १२, २०८१

बोस्टन (अमेरिका), १२ असोजः प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त राज्य अमेरिकाको वन वर्नहार्ट वर्ल्डवाइडबीच मातृ–शिशु स्वास्थ्यमा सहकार्य गर्ने विषयमा सहमति भएको छ ।…

मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध

 असोज १२, २०८१

फिक्कल (इलाम), १२ असोजः मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट ग्याबिन जालीसहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।…

पाँचथरमा पहिरोले पुरेर आमाछोरीसहित तीनको मृत्यु, ५ बेपत्ता

 असोज १२, २०८१

पाँचथर, १२ असोज : पाँचथरमा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु भएको छ । निरन्तरको वर्षाका कारण खसेको पहिरोमा परी पुरिँदा फिदिम नगरपालिका–४ चिसापानीस्थित घरमा बस्दै आएका फिदिम नगरपालिका–१२ का २५ वर्षीया…

काठमाडौँका करिडोर तथा केही मुख्य सडकमा आवागमन प्रभावित

 असोज १२, २०८१

काठमाडौँ, १२ असोजः लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकास्थित नदी आसपासका सडक तथा केही मुख्य सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । काठमाडाँैको तीनकुने, गैरीगाउँ, युएनपुल, टेकुस्थित विष्णुमती करिडोर, माइतीघर नयाँबाटो,…

केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

 असोज १२, २०८१

काठमाडौँ, १२ असोजः गृहमन्त्रालयले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ । मन्त्रालयका अनुसार बिहान १०ः३० बजेका लागि बैठक बोलाइएको हो । दुई दिनदेखिको अवरिल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएपछि…