समाचार

राजदेवी मन्दिर डुबानमा

 असोज १७, २०८१

जलेश्वर (महोत्तरी), १७ असोज स् यहाँको जलेश्वर–२ स्थित प्रसिद्ध माता राजदेवी मन्दिर बाढीका कारण डुबानमा परेको छ । मन्दिरको गर्भगृहमा चार फिट पानी जमेको छ । पानी जमेकै कारण आज…

लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने

 असोज १७, २०८१

लुम्बिनी, १७ असोज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवामा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थासँग सहकार्य गर्ने बताउनुभएको छ । जिल्लाको बाणगङ्गा नगरपालिका–१ मा बुटवलमा…

बाढीबाट ललितपुर–१ वडा कार्यालयमा ८० लाखको क्षति

 असोज १७, २०८१

ललितपुर, १७ असोज : गतसाता बागमती नदीमा आएको बाढीबाट ललितपुर महानगरपालिका–१ को वडा कार्यालयमा करिब रु ८० लाख बराबरको क्षति भएको छ । ललितपुरको कुपण्डोलस्थित बागमती करिडोरमा रहेको वडा कार्यालयको…

कृषकका उत्पादनको सरकारले बजारीकरण गर्छ : मन्त्री भण्डारी

 असोज १७, २०८१

काठमाडौँ, १७ असोज : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कृषकले उत्पादन गरेका वस्तुको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत खरिद गरेर सरकारले बजारीकरण गर्ने बताउनुभएको छ । ‘ह्याण्डीक्राफ्ट, मेड…

घटेन गण्डकीमा डेङ्गी सङ्क्रमण

 असोज १७, २०८१

गण्डकी, १७ असोज : गण्डकी प्रदेशमा हालसम्म एघार हजार पाँच सय ९० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार गत सेप्टेम्बर महिनामा मात्र छ हजार चार सय…

दसैँको बिदामा पनि सर्वोच्च अदालत खुला हुने

 असोज १७, २०८१

काठमाडौँ, १७ असोज : सर्वोच्च अदालत दसैँ पर्वका अवसरमा आजदेखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने जनाइएको छ । उक्त निवेदन सुनुवाइका लागि बिदाको समयमा बिहान…

वर्षाले झापामा पाँच करोड २१ लाख बढीको क्षति

 असोज १७, २०८१

बनियानी, १७ असोज : अविरल वर्षाका कारण झापाको कृषि क्षेत्रमा रु पाँच करोड २१ लाखभन्दा बढीको क्षति भएको छ । वर्षाले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबाली नष्ट हुँदा रु पाँच…

गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो

 असोज १७, २०८१

गोरखा, १७ असोज : गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९ः१६ बजेको साइतमा जमरा राखिएको…

राष्ट्रपति भवनमा घटस्थापना

 असोज १७, २०८१

काठमाडौँ, १७ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा वैदिक विधिपूर्वक दुर्गादेवीको पूजाअर्चनाका साथ राष्ट्रपति भवनमा घटस्थापना गर्नुभएको छ । दुर्गापक्षको पहिलो दिन आज राष्ट्रपतिले देशको प्रतिनिधित्व गर्दै शक्तिकी अधिष्ठात्री…

बाढीपहिराबाट तनहुँमा एक करोड क्षति

 असोज १७, २०८१

दमौली (तनहुँ), १७ असोज : हालैको बाढीपहिराबाट तनहुँको कृषि क्षेत्रमा रु एक करोड बढीको क्षति भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार बाढीपहिराबाट देवघाट, आँबुखैरेनी, बन्दीपुर र ऋषिङ गाउँपालिकामा मकै,…