समाचार
दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १९ असोज : पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात एकतर्फी सञ्चालनमा आएको छ । बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि यातायात अवरुद्ध भएको थियो…
सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख
मकवानपुर, १८ असोज : यही असोज १२ गते सिस्नेरीको पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका खेलाडी र बत्सलादेवी माविका विद्यार्थीका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । जिल्ला बिपद् व्यवस्थापन…
यातायात क्षेत्रमा देखिएका समस्या छिट्टै समाधान हुन्छः मन्त्री दाहाल
काठमाडौँ, १८ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पछिल्लो समयमा यातायात क्षेत्रमा देखिएका समस्यालाई जतिसक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । डिजिटल सवारी चालक अनुमति पत्रको…
डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन
काठमाडौँ, १८ असोज : डिजिटल सवारी चालक अनुमति पत्रको नियमनका लागि ट्राफिक प्रहरीलाई एक सय चार थान स्मार्टफोन हस्तान्तरण गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित कार्यक्रममा…
डेङ्गुका १४ हजारभन्दा बढी बिरामी
काठमाडौँ, १८ असोज : देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार देशभर १४…
खोलाले बगाएर दुई बालबालिका बेपत्ता
ताप्लेजुङ, १८ असोज : ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ खानीका दुई बालबालिका खोलाले बगाएर बेपत्ता भएका छन् । आज मैवाखोलाको खार्तेस्थित दहमा पौडी खेल्ने क्रममा स्थानीय संजहाङ बराइलीको छोरा अन्दाजी ११ वर्षीय…
ढोरवाराही मन्दिरको प्रवर्द्धनमा सरकारले सहयोग गर्छ : पर्यटमन्त्री पाण्डे
दमौली (तनहुँ), १८ असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ढोरावाराही मन्दिरको विकास र प्रवर्द्धनलाई सरकारले प्राथमिकता दिने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले आज यहाँ आयोजना गरेको…
राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति महत्वपूर्ण रह्योः परराष्ट्रमन्त्री
काठमाडौँ, १८ असोज : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा र सो महासभाका दौरानमा आयोजित विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति महत्वपूर्ण र प्रभावकारी रहेको बताउनुभएको छ ।…
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीन करोड जम्मा
काठमाडौँ १८ असोज : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर…
मन्त्री यादवद्वारा सिस्नेरी खानेपानी आयोजना कार्यान्वयनमा जोड
काठमाडौँ, १८ असोज : खानेपानीमन्त्री प्रदीप यादवले सिस्नेरी खानेपानी आयोजनालाई चाँडो कार्यान्वयनमा ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाउन सम्बद्ध पक्षलाई निर्देशन दिनुभएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड)…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ०५, २०८३
कीर्तिपुरमा कारमा आगो लाग्यो, प्रहरीले निकाल्यो शव
साउन ०५, २०८३
केही स्थानमा भारी वर्षाको सम्भावना
साउन ०५, २०८३






