नेपाल ‘ए’ले अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्ध फिल्डिङ गर्दै

 भदौ १०, २०८३

काठमाडौँ, १० भदौ : अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी २० सिरिजअन्तर्गत नेपाल ‘ए’ले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) कोमेट्सविरुद्धको खेलमा फिल्डिङ गरिरहेको छ । अस्ट्रेलियाको नर्थन टेरिटोरीमा नेपाल ‘ए’ले ट्स जितेर…

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

 भदौ १०, २०८३

काठमाडौँ, १० भदौ : रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियरसहितका ६० कर्मचारी सम्पर्कविहीन भएका छन् । रसुवाको भोटेकोशी नदीमा आएको बाढीको कारणले सो जलविद्युत् आयोजनामा…

सेनाद्वारा २५ जनाको उद्धार, १४ हेलिकोप्टर प्रभावित क्षेत्रमा परिचालन

 भदौ १०, २०८३

काठमाडौँ, १० भदौ : रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित २५ जनाको नेपाली सेनाले उद्धार गरेको छ । प्रभावित क्षेत्रमा खटिइएको सेनाको टोलीले रसुवाको टिमुरे र स्याफ्रु तथा नुवाकोटको त्रिशूली…

भोटेकोशी बाढी : २६ जना प्रहरी सम्पर्कविहीन

 भदौ १०, २०८३

काठमाडौँ, १० भदौ : रसुवास्थित भोटेकोशी नदीमा बुधबार आकस्मिकरुपमा आएको बाढीमा परी २६ जना प्रहरी सम्पर्कविहीन भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार रसुवाको टिमुरे,…

चालक दलका २२ जना अझै बेपत्ता

 भदौ १०, २०८३

मुम्बई, १० भदौ : बङ्गालको खाडीमा पनामाको झण्डा बोकेको मालवाहक जहाज डुब्दा बेपत्ता भएका २२ जना चालक दलका सदस्यको खोजीमा भारतसँगै चीन पनि सहभागी भएको छ । भारतीय तटरक्षकका अनुसार…

लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान, भोटेकोशी–त्रिशूलीमा अझै जोखिम

 भदौ १०, २०८३

काठमाडौँ, १० भदौ  चीनबाट प्राप्त सूचनाअनुसार लेन्दे खोला थुनिएको स्थानमा बनेको ताल अझै पूर्णरूपमा नखुलेका कारण भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम अझै टरेको छैन । जल विज्ञान तथा…

भोटेकोशी बाढीको प्रभाव नुवाकोटसम्म

 भदौ १०, २०८३

काठमाडौँ, १० भदौ : रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको बाढीका कारण नुवाकोटका विभिन्न क्षेत्रमा क्षति पुगेको छ । बाढीले विदुर नगरपालिका–६ खम्पाक्याम्पस्थित केन्द्रीय कारागारको प्रशासनिक भवन तथा नेपाल प्रहरीको सुरक्षा एकाइको…

हर्मुज खोल्न इरानको सर्त

 भदौ १०, २०८३

तेहरान, १० भदौ : इरान र ओमानले हर्मुज जलघाँटीमा अस्थायी नौवहन मार्ग सञ्चालन तथा समुद्री माइन सफा गर्ने विषयमा छलफल अघि बढाए पनि इरानले अमेरिका–इरान युद्ध अन्त्य र अमेरिकी नाकाबन्दी…

भोटेकोशी बाढी : तीन जनाको शव भेटियो, पाँच जनाको उद्धार

 भदौ १०, २०८३

त्रिशूली (नुवाकोट), १० भदौ : भोटेकोशी बाढीमा परी तीन जनाले ज्यान गुमाएका छन् । त्रिशूली नदी किनारमा तीनवटा शव भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख विपिन रेग्मीको अनुसार त्रिशूलीको…

रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

 भदौ १०, २०८३

काठमाडौँ,१० भदौ : रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका छन् । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको बाढीपछि उहाँहरू सम्पर्क विहीन हुनुभएको हो । अर्थमन्त्री…