राजनीति
शिक्षकसँगको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी गर्न माओवादीको माग
काठमाडौँ, २५ चैत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले विगतमा नेपाल शिक्षक महासङ्घसँग भएको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न सरकारसँग माग गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष…
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ, २५ चैत : मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्दै छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्ने गरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गोरखापत्र अनलाइन
तीनकुने घटनामा संलग्न कसैलाई पनि छोड्नु हुँदैन : सभापति देउवा
काठमाडौँ, २४ चैत : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीनकुने घटनाका दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने बताउनुभएको छ । तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई भेटेर सान्त्वना दिँदै…
नेपालको समावेशिता र शान्तिपूर्ण रूपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीय छः सभामुख घिमिरे
काठमाडौँ, २४ चैत : सभामुख देवराज घिमिरेले नेपालको सामाजिक न्याय, समावेशिता र शान्तिपूर्ण रूपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीय रहेको बताउनुभएको छ । उज्वेकिस्तानको ताशकन्दमा अन्तर–व्यवस्थापिका सङ्घको १५०औँ सभालाई सम्बोधन गर्दै…
पूर्वराजाले संविधान विरोधी गतिविधि गरे कारबाही गर्छौं : सञ्चारमन्त्री गुरुङ
लमजुङ, २४ चैत : नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलसँग भएको सम्झौता तोडेको बताउनुभएको छ। अझै पनि संविधान विरोधी गतिविधि गरिरहे…
आन्दोलनरत शिक्षकका माग छिटो सम्बोधन गरिनुपर्छ: अध्यक्ष दाहाल
काठमाडौँ, २४ चैत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकका माग छिटो सम्बोधन गरिनुपर्ने बताउनुभएको छ । आज यहाँ आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण…
ऐतिहासिक सम्पदाको संरक्षण गर्नु हाम्रो साझा दायित्व : राष्ट्रपति
पाटन (ललितपुर), २४ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परपम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवद्र्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताउनुभएको छ…
मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि कृषि क्रान्ति र भूमि सुधार आवश्यकः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौँ, २३ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि कृषि क्रान्तिका कार्यक्रमसहित भूमि सुधार गर्नुपर्ने बताउनुभएको छ । काँडाघरीस्थित किन्डल…
चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजालाई महामन्त्री शर्माको चुनौती
झापा, २३ चैत : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजालाई चुनौती दिनुभएको छ । झापाको मेचीनगर, धुलाबारीमा पार्टीले आयोजित गरेको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा…
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिन आह्वान
काठमाडौँ, २३ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दृढतापूर्वक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिन सबैलाई आह्वान गर्नुभएको छ । बाह्रखरी मिडिया प्रालिले काठमाडौँको गोकर्ण रिसोर्टमा आज आयोजना…






