समृद्धिका लागि सबै राजनीतिक दल एकजुट : सहकारी मन्त्री

 फागुन १२, २०७६

वालिङ, ११ फागुन : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सबै राजनीतिक दल समृद्धिका लागि मिलेर अगाडि बढ्नुपर्ने बेला आएको बताउनुभएको छ । स्याङ्जाको भीरकोट–१ बयरघारीस्थित सिसौघारी खेल…

राष्ट्रिय कविता प्रतियोगितामा अर्घाखाँचीका आचार्य प्रथम

 फागुन १२, २०७६

काठमाडौँ, ११ फागुन : टोखा नगरपालिकास्थित न्हुज खलः ले आज यहाँ आयोजना गरेको राष्ट्रिय युवा कविता प्रतियोगितामा अर्घाखाँचीका किशोर आचार्य प्रथम हुनु भएको छ । आचार्यको ‘देश बाहिरबाट देश’ शीर्षकको…

पानीको सतह थाहा पाउन मोबाइल ‘एप्स’

 फागुन १२, २०७६

काठमाडौँ, १२ फागुन : काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले पानीको सतहका बारेमा जानकारी दिने मोबाइल ‘एप्स’ शुरु गरेको छ । पानीको परिमाण थाहा पाएर त्यसैका आधारमा पानी वितरण गर्नका लागि…

प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टुर’ पोखरामा शुरु

 फागुन १२, २०७६

कास्की, ११ फागुन : प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टुर’ तथा १९औँ संस्करणको ‘नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप’ आजदेखि पोखरामा शुरु भएको छ । नेपाल हवाई खेलकूद संस्थाको आयोजना तथा नेपाल प्याराग्लाइडिङ…

सताक्षी गोल्डकपको उपाधि मच्छिन्द्रलाई

 फागुन १२, २०७६

भद्रपुर, ११ फागुन : तेस्रो सताक्षी गोल्डकपको उपाधि मच्छिन्द्र क्लबले जितेको छ । उपाधिसँगै क्बले रु ६ लाख प्राप्त गरेको छ । शिवसतासी नगरपालिकास्थित झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा…

टेनिसमा नेपाललाई स्वर्ण

 फागुन १२, २०७६

काठमाडौँ, ११ फागुन : आइटीएफ विश्व जुनियर टेनिस च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जितेको छ । इन्डोनेसियाको राजधानी जकार्तामा आज नेपालले पुरुष टिम स्पर्धामा यु–१४ उमेर समूहमा स्वर्ण जितेको हो ।…

ज्यान मार्ने उद्योगमा फरार अभियुक्त २१ वर्षपछि पक्राउ

 फागुन १२, २०७६

काठमाडौँ, ११ फागुन : नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार अभियुक्त २१ वर्षपछि पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले विसं २०५५ मा सवारी ज्यान उद्योगमा फरार रहेका…

‘सरकार परिवर्तनको अनावश्यक हल्ला भो’

 फागुन १२, २०७६

सुर्खेत, ११ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटीले कर्णाली प्रदेश सरकार परिवर्तन अनावश्यक हल्ला भएको बताउनुभएको छ । नेकपा कर्णाली प्रदेशद्वारा राजधानी सुर्खेतमा आयोजित पत्रकार…

आइटीमा शृंखलाबद्ध अनियमितता

 फागुन १२, २०७६

काठमाडौं, ११ फागुन : सूचना–प्रविधि आधुनिकीकरणका लागि सञ्चार तथा सूचना–प्रविधि मन्त्रालयअन्तर्गतका निकायले खरिद गरेको प्रणालीमा अनियमितता र बदमासी भएको पाइएको छ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल जोडिएका…

भाजपाद्वारा दिल्ली चुनावमा पराजयका कारणबारे मूल्यांकन

 फागुन १२, २०७६

नयाँ दिल्ली, १२ फागुन : भर्खरै सम्पन्न दिल्ली विधानसभा चुनावमा ठूलो पराजयको सामना गरेको भारतीय जनता पार्टी (भाजपा) ले निर्वाचन परिणामको समीक्षा शुरू गरेको छ । भाजपाले प्रत्येक निर्वाचन क्षेत्रमा केन्द्रित…