भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा कार्यरत ११ कर्मचारी सम्पर्कमा

 भदौ १२, २०८३

काठमाडौँ, १२ भदौ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीले सम्पर्कविहीन भएका अप्पर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत ११ जना कर्मचारी सम्पर्कमा आएका छन् । नेपाल विद्युत् प्राधिकरणले आज दिएको जानकारीअनुसार…

पशुपतिनाथसहित शिवालयमा भक्तजनको घुइँचो

 भदौ १२, २०८३

काठमाडौँ, १२ भदौ : पशुपतिनाथसहित देशभरका मुख्य, मुख्य शिवालयमा आज बिहानैदेखि नव यज्ञोपवीवत धारण गरी रक्षाबन्धन गर्ने भक्तजनको घुइँचो लागेको छ । वैदिक सनातन धर्मावलम्बीले आजका दिनमा नदी, ताल, तलाउ,…

इरानविरुद्ध कारबाही जारी रहेको ट्रम्पको भनाइ

 भदौ १२, २०८३

वासिङ्टन, १२ भदौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिकी सैन्य कारबाही समाप्त नभएको बताउनुभएको छ । हर्मुज जलघाँटी खुले पनि त्यसलाई सैन्य अभियान अन्त्य भएको सङ्केतका रूपमा नलिन उहाँले…

इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी

 भदौ १२, २०८३

तेहरान, १२ भदौ : इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मेजर जनरल मोहसेन रेजाईले अमेरिकी नाकाबन्दी जारी रहे गम्भीर टकराव निम्तिन सक्ने चेतावनी दिनुभएको छ । उहाँले इजरायलसँग पुनः द्वन्द्व…

भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?

 भदौ १२, २०८३

काठमाडौँ, १२ भदौ : भोटेकोशी बाढीमा परी सम्पर्कविहिन भएका पर्यटकको उद्दार गरिएको छ । नेपाल पर्यटन वोर्डले दिएको जानकारी अनुसार सम्पर्कविहिन भएका पर्यटकमध्ये विभिन्न देशका ११७ जना पर्यटकको उद्दार गरिएको…

जी–२० मा इरानमाथि दबाब बढाउने अमेरिकी तयारी

 भदौ १२, २०८३

वासिङ्टन, १२ भदौ : अमेरिकाले आगामी साता हुने जी–२० बैठकमा इरानलाई आर्थिक रूपमा अलग्याउने अभियानलाई तीव्रता दिँदै सदस्य राष्ट्रहरूलाई अमेरिकी प्रतिबन्धको पालना गर्न आग्रह गर्ने तयारी गरेको छ । अमेरिकी…

नर्वेका राजा हेराल्डको निधन

 भदौ १२, २०८३

ओस्लो, १२ भदौ : नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । उहाँको निधनसँगै ५३ वर्षीय छोरा युवराज हाकोन स्वतः नर्वेको नयाँ राजा बन्नुभएको दरबारले जनाएको छ…

भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गरिने

 भदौ १२, २०८३

काठमाडौँ, १२ भदौ : सरकारले भारत सरकारसँग सरकार–सरकार (जिटुजी) खरिद माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । प्रधानमन्त्री…

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

 भदौ १२, २०८३

काठमाडौँ, १२ भदौ : सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूको एक महिनाको तलब/पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको…

तिब्बत पहिरोपीडितको उद्धारमा सीको निर्देशन

 भदौ १२, २०८३

बेइजिङ, १२ भदौ : चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जिनपिङले तिब्बतको जिराङ काउन्टीमा भएको विनाशकारी पहिरोमा बेपत्ता चिनियाँ तथा विदेशी नागरिकको खोजी तथा उद्धारलाई तीव्रता दिन निर्देशन…