आमनागरिकलाई संयमित हुन सुरक्षा र कर्मचारी नेतृत्वको अपिल

 भदौ २४, २०८२

काठमाडौँ, २४ भदौ : सुरक्षा र कर्मचारी नेतृत्वले सोमबारदेखि काठमाडौँ उपत्यकासहित देशभर जारी जेनजीको प्रदर्शनबाट उत्पन्न परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आमनागरिकसँग अपिल गर्नुभएको छ । कर्मचारी तन्त्रका प्रमुख…

रास्वपाका सांसदहरुद्वारा राजीनामा

 भदौ २४, २०८२

काठमाडौं, २४ भदौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले सामूहिक राजीनामा दिने निर्णय गरेका छन् । रास्वपाका सांसदहरुले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा पार्टीको संसदीय दल एकमत रहेको कार्यवाहक…

प्रधानमन्त्री ओलीद्वारा राजीनामा

 भदौ २४, २०८२

काठमाडौँ, २४ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ । उहाँले मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै आज पदबाट राजीनामा दिनुभएको उहाँको सचिवालयले जनाएको छ । विक्रम…

भैंसेपाटीस्थित मन्त्री निवासमा आगजनी

 भदौ २४, २०८२

काठमाडौं, २४ भदौ : ललितपुरको भैंसे पार्टीमा रहेको मुख्य मन्त्रीको आवास र संघीय मन्त्री निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।  सुरक्षामा खटिएका प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन नसकेपछि मन्त्री निवासमा आगजनी…

कोरला नाकामा दर्जनौँ कन्टेनर पुगे

 भदौ २४, २०८२

मुस्ताङ, २४ भदौ : नेपाल–चीन उत्तरी कोरला नाकामा चिनियाँ सामान ढुवानीका लागि दर्जनौँ कन्टेनर त्यहाँ पुगेका छन् । भन्सार विभागले कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयलाई सक्रिय बनाएसँगै त्यहाँको नाकाबाट सामान…

आन्तरिक उडान बन्द, अन्तर्राष्ट्रियतर्फ आधा दर्जन विमान आकाशमै

 भदौ २४, २०८२

काठमाडौँ, २४ भदौ : प्रतिकूल अवस्थाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान पूर्ण रुपमा प्रभावित भएको छ । आन्तरिक उडान पूर्ण रुपमा ठप्प छ भने अन्तरराष्ट्रियतर्फका आधा दर्जन विमान…

कांग्रेस महामन्त्रीद्वयद्वारा मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह

 भदौ २४, २०८२

काठमाडौँ, २४ भदौ : प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएको…

दुर्गा पूजाअघि भारतलाई १२०० टन हिल्सा निर्यात गर्ने बङ्गलादेशको निर्णय

 भदौ २४, २०८२

ढाका, २४ भदौ : बङ्गलादेशले दुर्गा पूजाअघि भारतमा एक हजार दुई सय टन हिल्सा (स्थानीय रूपमा ‘इलिस’ भनिने) माछा निर्यात गर्न अनुमति दिने निर्णय गरेको छ । “सरकारले चालु वर्ष…

गाजा सहर खाली गर्न इजरायली सेनाको आग्रह

 भदौ २४, २०८२

तेल अभिव (इजरायल), २४ भदौ : इजरायली सेनाले उत्तरी गाजामा नियोजित विस्तारित सैन्य कारबाही अघि मङ्गलबार बिहान गाजा सहरलाई पूर्ण रूपमा खाली गर्न आग्रह गरेको छ । हालको लडाइँमा सहर…

संवादबाट समाधान खोज्न प्रधानन्त्रीको आग्रह, सर्वदलीय बैठक आव्हान

 भदौ २४, २०८२

काठमाडौँ, २४ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीेले मुलुकमा उत्पन्न असहज परिस्थितिको अन्त्यका निम्ति संवादका माध्यमबाट निकास खोज्न आग्रह गर्दै आज साँझ ६ः०० बजेका लागि सर्वदलीय बैठक आव्हान गर्नुभएको छ…