अन्तर्राष्ट्रिय

नयाँदिल्लीको सडकमा बेवारिसे कुकुरहरूलाई छाड्न भारतीय सर्वोच्च अदालतको आदेश

 भदौ ०६, २०८२

भारतको सर्वोच्च अदालतले नसबन्दी र खोप लगाएपछि नयाँदिल्लीका सडकबाट हटाइएका सबै बेवारिसे कुकुरहरूलाई पुनः छाड्न आदेश दिएको छ । अदालतले शुक्रबार दिएको यो आदेशले पहिलेको निर्णयलाई परिमार्जन गर्दै कुकुरहरूलाई हटाइएका…

गाजा सहर नष्ट हुनसक्छ : इजरायली रक्षामन्त्री

 भदौ ०६, २०८२

इजरायलका रक्षामन्त्री इजरायल काट्जले शुक्रबार हमासले इजरायलको सर्तहरू स्वीकार नगरे गाजा सहर पूर्ण रूपमा नष्ट हुनसक्ने चेतावनी दिनुभएको छ । उहाँका अनुसार देशले यस क्षेत्रमा थप ठूलो आक्रमणको तयारी गरिरहेको…

अमेरिकी न्यायाधीशद्वारा ट्रम्पको ‘एलिगेटर अल्काट्राज’ बन्द गर्न आदेश

 भदौ ०६, २०८२

एक अमेरिकी सङ्घीय न्यायाधीशले बिहीबार ट्रम्प प्रशासन र फ्लोरिडा राज्य सरकारलाई ‘एलिगेटर अल्काट्राज’ भनिने हिरासत केन्द्रमा नयाँ आप्रवासीहरू ल्याउन प्रतिबन्ध लगाउँदै साइटका धेरै भाग भत्काउन आदेश दिएका छन् । यससँगै…

अन्टार्कटिकामा ७.५ म्याग्निच्युडको भूकम्प

 भदौ ०६, २०८२

चिलीको अन्टार्कटिक क्षेत्र र दक्षिणी ड्रेक प्यासेजमा बिहीबार ७.५ म्याग्निच्युडको भूकम्प आएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ । भूकम्प साँझ १०ः१६ बजे (०२१६ जिएमटी शुक्रबार) करिब ६.७ माइल (१०.८ किलोमिटर)…

ओहोदाको प्रमाणपत्र प्रस्तुत

 भदौ ०६, २०८२

काठमाडौँ, ६ भदौ : ब्राजिलका लागि नेपालका राजदूत निर्मलराज काफ्लेले आज पेरुका राष्ट्रपति दिना एर्सिलिया बोलुआर्टे जेगारासमक्ष नेपालका गैरआवासीय राजदूतका रूपमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । लिमामा आयोजित…

प्यालेस्टिनी विदेश मन्त्रालयद्वारा राज्यको विश्वव्यापी मान्यता र संयुक्त राष्ट्रसङ्घीय सदस्यताका लागि आह्वान

 भदौ ०५, २०८२

प्यालेस्टिनी विदेश मन्त्रालयले बुधबार विश्वभरका सबै देशलाई प्यालेस्टिन राज्यलाई मान्यता दिन र संयुक्त राष्ट्रसङ्घमा यसको पूर्ण सदस्यतालाई समर्थन गर्न आग्रह गरेको छ । यो आह्वान हालै इजरायलले गाजा सहरको कब्जा…

पाकिस्तानको जेलबाट १३० जना अफगानी कैदी मुक्त

 भदौ ०५, २०८२

गत हप्ता पाकिस्तानी जेलबाट कुल एक सय ३१ जना अफगान कैदी रिहा भएका र सुरक्षित रूपमा अफगानिस्तान फर्केका शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ । मुक्त गरिएका…

सोमालिल्यान्डमा चितुवाका बच्चाहरूको उद्धार

 भदौ ०५, २०८२

सोमालियाको विभाजित क्षेत्र सोमालिल्यान्डमा जन्मदेखि नै कैद गरिएका र अन्तर्राष्ट्रिय वन्यजन्तु व्यापार बजारमा बेच्ने योजना गरिएका चितुवाका १० वटा बच्चाको उद्धार गरिएको छ । बच्चाहरूको हेरचाह गर्ने कम्पनी चितुवा संरक्षण…

अदालती करुणाका लागि प्रसिद्ध ‘सबैभन्दा राम्रो’ न्यायाधीशको ८८ वर्षको उमेरमा निधन

 भदौ ०५, २०८२

अदालतमा आफ्नो सहानुभूति र विनम्र व्यवहारका कारण इन्टरनेटमा चर्चित भएका अमेरिकी न्यायाधीश फ्रान्क क्याप्रियोको ८८ वर्षको उमेरमा निधन भएको उहाँको परिवारले सामाजिक सञ्जालमार्फत घोषणा गरेको छ । सेवानिवृत्त रोड आइल्यान्ड…

लिपुलेक हुँदै चीन र भारतले गरेको सम्झौताबारे जानकारी गराउन माग

 भदौ ०५, २०८२

काठमाडौँ, ५ भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले चीन र भारतले नेपालको भूमि लिपुलेक मार्ग हुँदै दुई देशबीच व्यापार गर्ने भनी भएको सम्झौताबारे सदनलाई जानकारी…