अन्तर्राष्ट्रिय
हमासको आक्रमणको एक बर्षको पूर्वसन्ध्यामा इजरायलमा सुरक्षा सावधानी
इजरायलले आफ्नो भूमिमा प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासले अक्टोबर ७ मा गरेको आक्रमणको बर्ष दिनको पूर्वसन्ध्यामा शनिबार आफ्ना सेनालाई तयारी अवस्थामा राखेको छ। इजरायली सैन्य अधिकारीले इरानले गरेको क्षेप्यास्त्र आक्रमणको…
गाजास्थित मस्जिदमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु
गाजाको नागरिक सुरक्षा निकायले आइतबार मध्य देइर अल–बालाहमा रहेका एक मस्जिद परिसरमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु भएको जनाएको छ । मस्जिदलाई पछिल्लो समय विस्थापितहरूलाई राख्ने आश्रयस्थल बनाइएको थियो…
बोस्नियामा बाढीपहिरोका कारण १४ जनाको मृत्यु
भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण बोस्नियामा शुक्रबार कम्तिमा १४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । साराजेभोबाट करिब ७० दक्षिणपश्चिममा रहेको जबलानिकाले निरन्तर २४ घण्टा भारी वर्षाको सामना…
इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ
इरानका सर्वोच्च नेताले शुक्रबार एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेको बताउनुभएको छ । इरानले इजरायलमाथि दोस्रो पटक आक्रमण गरेपछि र इजरायली सेनाविरुद्ध हिजबुल्लाह समूहले…
भुटानद्वारा भारतीय कम्पनीसँग विशाल नवीकरणीय ऊर्जा सम्झौतामा हस्ताक्षर
ऊर्जा निर्यात गर्ने शक्तिशाली मुलुक बन्ने लक्ष्य राखेको भुटानले भारतको रिलायन्स समूहसँग आफ्नो मुलुकमा एक हजार दुई सय ७० मेगावाटको नवीकरणीय विद्युत् परियोजनाहरू निर्माण गर्न सम्झौतामा हस्ताक्षर गरेको छ ।…
ताइवानमा अस्पतालमा आगलागी हुँदा आठ जनाको मृत्यु
दक्षिणी ताइवानको पिङटुङ काउन्टीमा बिहीबार अस्पतालमा भएको आगलागीमा परी समाचार तयार पार्दासम्म आठ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि, ताइवानबाट सम्प्रेषित एएफपीको समाचारमा मृतक सङ्ख्या नौ पुगेको…
पाकिस्तान र अफगानिस्तानमा पोलियो सङ्क्रमण वृद्धि
पाकिस्तान र अफगानिस्तानमा पोलियो सङ्क्रमितको सङ्ख्या बढेको छ । यसले पाृलियो रोग उन्मूलन गर्ने विश्वव्यापी प्रयासमा चुनौती खडा भएकोे छ । सेप्टेम्बर ३० मा विश्व स्वास्थ्य सङ्गठनले अफगानिस्तान र पाकिस्तानमा…
सांसदहरू प्रमुख मतदानमा पार्टी लाइनबाट बाहिर जानसक्ने पाकिस्तानी सर्वोच्च अदालतको फैसला
पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार सांसदहरूले प्रमुख मुद्दाहरूमा आफ्नो पार्टीबाट अलग भएर मतदान गर्नसक्ने फैसला गरेको छ । यसले संवैधानिक सुधारका लागि समर्थन जुटाउने प्रयासमा रहेको सरकारलाई सांसद खरिदबिक्रीको अनुमति दिनेछ…
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तालमा डुङ्गा डुब्दा २० को मृत्यु
पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआर कङ्गो) को किवु तालमा बिहीबार मानिस र सामानहरू बोकेको एउटा डुङ्गा पल्टिँदा उद्धारकर्ताहरूले करिब २० शव निकालेको सुरक्षा र बन्दगरगाह स्रोतहरूले बताएका छन् । दक्षिणी…
इजरायलद्वारा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण
इजरायली सेनाले बिहीबार लेबनानको राजधानीमा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण गरेको बताएको छ । सैनिकहरू भने सीमा नजिक लडाकूहरूसँग लडिरहेका छन् र युद्धक विमानहरूले मुलुकभर उनीहरूका गढहरूमा बमबारी गरिरहेका छन् ।…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






