समाचार
समृद्धि र विकासको यात्रा रोकिँदैन : प्रधानमन्त्री
रुपन्देही, २९ चैत : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कमजोर पारेर समृद्धि र विकासको यात्रा रोक्ने प्रयास सफल नहुने बताउनुभएको छ । पार्टीको…
शीतभण्डारमा दुई सय १० मेट्रिकटन आलु भण्डारण
रामपुर (पाल्पा), २९ चैत : यसवर्ष रामपुर शीतभण्डारमा दुई सय १० मेट्रिकटन आलु भण्डारण गरिएको छ । रामपुर नगरपालिकाको व्यवस्थापनमा किसानले उत्पादन गरेको बीउ तथा खायन आलु सुरक्षित भण्डारण गरिएको…
महावीरको जीवनबाट सिक्दै सत्कर्ममा हिँडौँ : मुख्यमन्त्री सिंह
वीरगन्ज (पर्सा), २९ चैत : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जैनधर्मका प्रवर्तक महावीरको जीवनीबाट अहिंसा र सामाजिक सत्कर्मको बाटोमा हिँड्ने प्रेरणा लिनुपर्ने बताउनुभयो । जैन श्वेताम्बर तेरापन्थीसभा वीरगन्जले महावीर जन्मजयन्तीका…
बेलायती सभामुखसँग नेपाली राजदूतको शिष्टाचार भेट
बेलायत, २९ चैत : बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती संसद्को तल्लो सदन ‘हाउस अफ कमन्स’का सभामुख सर लिन्डसे होयलसँग शिष्टाचार भेट गर्नुभएको छ । वेष्टमिनिष्टरमा हालै भएको भेटमा…
अमेरिकी रक्षमन्त्रीद्वारा पाँच अर्ब १० करोड डलर खर्च कटौतीको घोषणा
वासिङ्टन, २९ चैत : अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रमुख पीट हेगसेथले जलवायु र विविधतासम्बन्धी पहललगायत ‘फजुल’ खर्चमा पाँच अर्ब १० करोड अमेरिकी डलर कटौती गर्ने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति…
‘सरकार रोजगारदाता र रोजगार चाहानेहरूलाई जोड्ने पद्धति बनाउन लागिरहेको छ’
पाटन (ललितपुर), २९ चैत : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले मुलुकमा रोजगारीको सम्भावना भए पनि दक्ष जनशक्तिको अभाव रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । नेपालमा रोजगारी प्रवद्र्धन…
कर्मचारीको अवकाश र ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर बढाउन सुझाव
काठमाडौँ, २९ चैत : सरकारी कर्मचारीको अनिवार्य अवकाश र ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउने उमेर बढाउन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई सिफारिस गरेको छ । कर्मचारीको अवकाश उमेर…
‘सङ्घीयतालाई अझै बलियो बनाउन अन्तर प्रदेश परिषद्लाई व्यवस्थित बनाउँदैछौँ’: सञ्चारमन्त्री
काठमाडौं, २९ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ २०७४ सालमा गण्डकीको मुख्यमन्त्री बन्नुभएको थियो । उहाँ अहिले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव हुनुहुन्छ । नेपाल प्रशासनिक…
तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
काठमाडौँ, २९ चैत : तीनकुने घटनापछि फरार भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरी नियन्त्रणमा लिएको छ । उहाँलाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि काठमाडौँ ल्याइँदै गरिएको प्रहरीले जनाएको…
भारतमा असिना पानीका कारण २५ जनाको मृत्यु
नयाँदिल्ली २९ चैत : भारतको पूर्वी राज्य बिहारका विभिन्न जिल्लाहरूमा बिहीबार असिना पानीका कारण २५ जनाको मृत्यु भएको बिहारको राज्य सरकारले जनाएको छ । बिहारका मुख्यमन्त्री नितिश कुमारले मृतकको परिवारलाई…
लोकप्रिय
विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा
कार्तिक २९, २०८३
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
घोप्टेभिरको पहिरो हटाइएपछि राजमार्ग सञ्चालनमा
कार्तिक २५, २०८३
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
कार्तिक २५, २०८३






