समाचार

गाउँमा पहिलोपटक बस पुग्दा हर्ष बढाइँ

 चैत २२, २०७८

म्याग्दी, चैत २२ : म्याग्दीको धवलागिरि गाउँपालिका–६ बुलगाउँमा पहिलोपटक बस पुग्दा स्थानीयवासीले हर्षबढाइँ गरेका छन् । धवलागिरि गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा मराङको बेँसी–कुम्री–राम्चे–घामताप्ना हुँदै सोमबार पहिलोपटक बुलगाउँमा बस…

५३ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप

 चैत २२, २०७८

खोटाङ, चैत २२ : यही चैत २९ देखि वैशाख ४ गतेसम्म खोटाङका ५३ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा ७११ वटा खोप…

बूढानीलकण्ठमा इनारमा खसेकी महिलाको सकुसल उद्धार

 चैत २२, २०७८

काठमाडौँ, चैत २२ : नेपाल प्रहरीले काठमाडौँको बूढानीलकण्ठमा ५० फिट गहिरो इनारमा खसेकी महिलाको सकुसल उद्धार गरेको छ । प्रहरीको महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठ र विपद् व्यवस्थापन महाशाखा सामाखुशीको टोलीले…

नरैनापुरमा १५ घरगोठ जलेर नष्ट

 चैत २२, २०७८

राँझा, चैत २२ : बाँकेको नरैनापुर गाउँपालिका भएको आगलागीबाट १५ घरगोठ जलेर नष्ट भएका छन् । गाउँपालिकाको वडा नं ४ स्थित कृष्णनगर गाउँमा सोमबार अपराह्न भएको आगलागीबाट १५ वटा घरगोठ…

मधेस प्रदेशमा टाइफाइडविरुद्धको खोप अभियान

 चैत २२, २०७८

धनुषा, चैत २२ : मधेस प्रदेशमा चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार टाइफाइडका कारण हुने गरेको मानवीय क्षति न्यून गर्न नेपाल…

बिबिआइएनमार्फत ऊर्जा सहकार्य हुने, थप बिजुली लैजान भारत सहमत

 चैत २२, २०७८

काठमाडौँ, चैत २२ : सरकारको सार्थक प्रयत्न एवं निरन्तरको कूटनीतिक प्रयासका कारण वर्षायाममा खेर जाने बिजुली खरिद गर्न भारत तयार भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले…

रोकियो कञ्चनपुर–कमला सडक निर्माण

 चैत २२, २०७८

राजविराज, चैत २२ : मजदुरहरू आन्दोलनमा उत्रिएपछि कञ्चनपुर–कमला चार लेन सडक योजनाको निर्माण आजदेखि ठप्प भएको छ । चाइना रेल्वे इञ्जीनिरिङ दुई कम्पनी चाँदनी चोकले माग सम्बोधनप्रति उदासिनता देखाएको भन्दै…

मिथिलामा वासन्ती छठपर्व मनाइँदै

 चैत २२, २०७८

महोत्तरी, चैत २२ : मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैतीछठ) पर्वको विधि आज मङ्गलबार सुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी)देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ…

सरकारले पहिलोपटक ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्ने

 चैत २२, २०७८

काठमाडौँ, चैत २२ : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षदेखि आधिकारिक रूपमा ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनमा ल्याउने भएको छ ।समितिले नयाँ वर्ष २०७९ का लागि ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्न लागेको…

बारको मतगणना आज बिहान ९ बजेदेखि

 चैत २२, २०७८

काठमाडौँ, चैत २२ : नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन लागि आज बिहान ९ बजेदेखि मतगणना सुरु हुने भएको छ । नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिकृत…