समाचार

दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक

 असोज ०२, २०८१

काठमाडौँ, २ असोज : संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमका लागि मञ्च निर्माण गर्नुपर्ने भएकाले दरबारमार्ग क्षेत्रमा सवारी आवागमन रोक लगाइएको छ । भोलि (असोज ३ गते) संविधान दिवसको अवसरमा…

आजदेखि सोह्र श्राद्ध आरम्भ

 असोज ०२, २०८१

काठमाडौँ ,२ असाेज: प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास…

चेपाङलाई आत्मनिर्भर बनाउँदै कालिका नगरपालिका

 असोज ०२, २०८१

चितवन, २ असोजः कालिका नगरपालिका यहाँको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई आत्मनिर्भर बनाउने अभियानमा जुटेको छ । ग्रामीण क्षेत्रमा बाँझो रहेको जमिनमा खेती गरी उब्जनीले यो समुदायलाई आत्मनिर्भर बनाउन…

बझाङको माझीगाउँ केन्द्रविन्दु भएर भूकम्प

 असोज ०२, २०८१

काठमाडौँ, २ असोज : बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर ८ मिनेट जाँदा बझाङको माझीगाउँ आसपास…

सिंहद्धारा लौहपुरुष सिंहको सालिकमा माल्यार्पण

 असोज ०२, २०८१

काठमाडौँ, २ असोज : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसका संस्थापक एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहको सालिकमा माल्यार्पण गर्नुभएको छ । उपप्रधानमन्त्री सिंहले आज…

गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

 असोज ०२, २०८१

काठमाडौँ, २ असोज : प्रजातन्त्र पुनःस्थापनाका लागि भएको २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको…

‘संविधान संशोधन सबैका लागि बहसको विषय बनेको छ’

 असोज ०२, २०८१

काठमाडौँ, २ असोज : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संवैधानिक अभ्यास, अनुभव र कार्यान्वयन पक्षका कमीकमजोरीलाई केलाउँदै लोकतन्त्र, मानव अधिकार, समानता र समृद्धिको आगामी यात्रामा जुट्न सबैलाई आह्वान गर्नुभएको…

तोलामा तीन सयले घट्यो सुनको मूल्य

 असोज ०२, २०८१

काठमाडौँ, २ असोज : स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला रु एक लाख ५६ हजार सात सयमा…

विश्वपकप लिगः नेपाल र ओमान भिड्दै

 असोज ०२, २०८१

काठमाडौँ, २ असोजः आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । क्यानडाको किंग सिटी मैदानमा हुने उक्त खेल नेपाली समयानुसार आज…

इटहरीमा सुरुभयो बिजुली बस सेवा

 असोज ०२, २०८१

धरान (सुनसरी), २ असोजः नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस…