समाचार
एकैदिन एक लाख ११ हजार बाहिरिए
काठमाडौँ, १३ असोज : बितेका २४ घण्टामा काठमाडौँ उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आइतबार अपराह्न सम्ममा चार लाख ६७…
तुईन खोलामा पुन : सुक्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध
चितवन, १३ असोज : नारायणगढ–मुग्लिन सडक खण्डको तुईन खोलामा आज पुनः सुक्खा पहिरो खसेको छ । अपरान्ह १२ बजे खसेको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको डिभिजन सडक कार्यालय भरतपुरका…
बागमतीलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउन प्रदेश सरकारको १५ वर्षे रणनीतिक योजना कार्यान्वयनमा
काठमाडौँ, १३ असोज : बागमती प्रदेश सरकारले प्रदेशलाई मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न १५ वर्षे मुख्य रणनीतिक योजना कार्यान्वयनमा ल्याएको छ । बागमती प्रदेशको तीव्र आर्थिक वृद्धि र…
दसैँका अवसरमा तीन चलचित्र प्रदर्शनमा
काठमाडौँ, १३ असोज : दसैँ लक्षित गर्दै तीन नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शनमा आएका छन् । यी तीनै चलचित्र दसैँलाई लक्षित गरी आज फूलपातीको दिनदेखि नेपालभर प्रदर्शन…
निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री
काठमाडौं, १३ असोज : प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । बडा दसैंका पावन अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले युवापुस्ताको अभूतपूर्व आन्दोलनको…
राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना
काठमाडौँ, १३ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएको निर्वाचन समयमै सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद् र सरकारको निरन्तरताका लागि सबैलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गर्न अपिल गर्नुभएको छ ।…
संस्कृतिसँगै परम्परागत हस्तकलाको सीप सिकाउँदै ‘टेम्केमैयुङ’
भोजपुर, १३ असोज : भोजपुरको टेम्केमैयुङ गाउँपालिका परम्परागत संस्कृतिसँगै हस्तकलाको संरक्षणमा जुटेको छ । गाउँपालिकाले पुराना सीप, कला र परम्परागत जीवनशैलीलाई जगेर्ना गरेर नयाँ पुस्तामा पुर्याउने उद्देश्यले विभिन्न हस्तकलासम्बन्धी तालिम…
दसैँ सुरु भएपछि गाउँमा चहलपहल बढ्यो
ढोरपाटन (बागलुङ), १३ असोज : दुई साता अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्र सुनसान थिए । बुढापाका र बालबालिका मात्रै रहेका अधिकांश गाउँमा दसैँ नजिकिएसँगै चहलपहल बढ्न थालेको छ । रोजगार, पढाइ…
आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
काठमाडौँ, १३ असोज : हाल देशभर मनसुनी वायु एवं स्थानीय वायुको समेत प्रभाव कमजोर रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा…
अर्घाखाँचीमा जीप दुर्घटना : दुईजनाको मृत्यु, २४ घाइते
अर्घाखाँची १३ असोज : अर्घाखाँचीको सन्धिखर्क ९ टारीमा जीप ( फोर्स गाडी ) दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ भने २४ जना घाइते भएका छन् । सन्धिखर्क–ढोरपाटन सडक खण्डमा…






