नेपालमा पाठेघरको क्यान्सरले दैनिक चार जनाको मृत्यु

 माघ १५, २०८१

बनियानी (झापा), १५ माघ : नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दैनिक चार जनाको मृत्यु हुने गरेको छ । नेपालमा महिलामा हुने क्यान्सरमध्ये स्तन क्यान्सर पछि दोस्रो स्थानमा रहेको पाठेघरको मुखको…

भारतीय धार्मिक समारोहमा प्लेटफर्म भत्किँदा पाँच जनाको मृत्यु

 माघ १५, २०८१

लखनऊ (भारत), १५ माघ : उत्तरी भारतमा मङ्गलबार धार्मिक जमघटका क्रममा काठको प्लेटफर्म भत्किँदा कम्तीमा पाँच भक्तजनको मृत्यु भएको र ४० जना घाइते भएको एक अधिकारीले बताएका छन् । यो…

डीपसीक र गोपनीयताबारे ‘धेरै सावधान’ रहनू : अस्ट्रेलिया

 माघ १५, २०८१

सिड्नी, १५ माघ : अस्ट्रेलियाका विज्ञानमन्त्री एड हुसिकले मङ्गलबार चीनको चर्चित एआई च्याटबट डीपसीकबारे गोपनीयताको चिन्ता व्यक्त गर्दै प्रयोगकर्ताहरूलाई यसलाई डाउनलोड गर्नुअघि राम्रोसँग सोच्न आग्रह गर्नुभएको छ । चीनस्थित प्रविधि…

किशोरी मृत्यु प्रकरण : दुई जनाविरुद्ध किटानी जाहेरी

 माघ १५, २०८१

अछाम, १५ माघ : अछामको किशोरी मृत्यु प्रकरणमा दुई जनाविरुद्ध किटानी जाहेरी परेको छ । जिल्लाको ढकारी गाउँपालिका ८ कि सरस्वती खड्का र इशरा खड्काको हत्या भएको भन्दै परिवारले जिल्ला प्रहरी…

शिक्षक अभावमा प्रयोगविहीन कम्प्युटर

 माघ १५, २०८१

म्याग्दी, १५ माघ : बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ स्थित कृष्णभवन धर्म माध्यमिक विद्यालयमा शिक्षकको अभावमा दाताले सहयोग गरेका कम्प्युटर अलपत्र परेका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई…

टिकटक अधिग्रहण गर्न माइक्रोसफ्ट वार्तामा रहेको ट्रम्पको भनाइ

 माघ १५, २०८१

वासिङ्टन, १५ माघ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार माइक्रोसफ्ट टिकटक अधिग्रहणको वार्तामा रहेको बताउनुभएको छ । यद्यपि अमेरिकामा यस एपको भविष्य अनिश्चित रहेको छ । टिकटकले अमेरिकी कानुनको सामना…

मनाङका एक सय बाह्र किशोरीलाई एचभिपी खोप

 माघ १५, २०८१

मनाङ, १५ माघ : देशैभरका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिने तयारी तीव्र भइरहेको छ । हिमाली जिल्ला मनाङका कक्षा १ देखि १० सम्मका…

आवासीय चिकित्सकले २५ देखि ३५ हजार भत्ता पाउने

 माघ १५, २०८१

काठमाडौं, १५ माघ : आवासीय चिकित्सकको निर्वाह भत्ता दिनुपर्ने विषयमा निजी कलेज र सरकाबिचको विवाद सुल्झिएको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र स्वास्थ्य तथा जनसङ् ख्यामन्त्री प्रदिप…

मकवानपुरमा साढे बाइस हजार किशोरीलाई एचपिभी खोप लगाइने

 माघ १५, २०८१

मनहरी (मकवानपुर),१५ माघ : सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत एचपिभी खोप अभियानमा मकवानपुरका २२ हजार सात सय १३ किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । फेब्रुअरी ४ मा मनाइने विश्व क्यान्सर…

गाजाका बासिन्दालाई इजिप्ट र जोर्डनमा बसाइँ सार्ने इच्छा दोहोर्‍याउँदै ट्रम्प

 माघ १५, २०८१

वासिङ्टन, १५ माघ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार गाजाका प्यालेस्टिनीहरूलाई इजिप्ट वा जोर्डन जस्ता ‘सुरक्षित’ स्थानहरूमा सार्ने आफ्नो इच्छा दोहोर्‍याउँनुभएको छ । साथै उहाँले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग वासिङ्टनमा…