सप्तरीमा थप नौ जनामा सङ्क्रमण पुष्टि, कुल ४२ सङ्क्रमित

 जेठ १७, २०७७

सप्तरी, जेठ १७ : सप्तरीको डाक्नेश्वरी नगरपालिकामा शनिबार एक महिलासहित नाै जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै सप्तरी जिल्लामा सङ्क्रमितको सङ्ख्या ४२ पुगेको हो । स्वास्थ्य कार्यालय, सप्तरीका प्रमुख…

दैलेखमा थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि

 जेठ १७, २०७७

दैलेख,जेठ १७ : दैलेखका थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशालामा गरिएको पीसिआर परीक्षणमा उनीहरूमा कोरोना सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ…

नेकपा सचिवालय : संसद्बाट पारित नहुन्जेल एमसिसीका कार्यक्रम स्थगन

 जेठ १७, २०७७

काठमाडौं, जेठ १७ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सम्झौता संसद्ले अनुमोदन गरेपछि त्यससँग सम्बन्धित बजेट र कार्यक्रम अघि बढाउने…

अमेरिकामा हिंसा भड्किएपछि सैन्य प्रहरी तैनाथ

 जेठ १७, २०७७

मिनियापोलिस, जेठ १७ : संयुक्तराज्य अमेरिकाका दर्जनौं शहरहरूमा शुक्रबार हिंसा भड्किएसँगै रक्षा मन्त्रालयले मिनियापोलिस राज्यमा सेना परिचालन गर्नेगरी सेनालाई सतर्क अवस्थामा राखिएको जनाएको छ । अमेरिकी राज्य मिनियापोलिसमा प्रहरीले घाँटी…

रोनाल्डोलाई उछिन्दै टेनिसका फेडेरर फोर्बस खेलाडी सूचीको शीर्ष स्थानमा

 जेठ १७, २०७७

काठमाडौं, जेठ १७ : स्वीस टेनिसका महान खेलाडी रोजर फेडेरर फोर्बसको एक सय जना खेलाडीको सूचीमा शिर्ष स्थानमा पर्नुभएको छ । वर्षभरिमा सबैभन्दा बढी सम्पत्ती जोड्ने खेलाडीमा विश्व टेनिसका महान…

पूर्वाधार होइन तत्काल राहत : पर्यटन व्यवसायी

 जेठ १७, २०७७

पोखरा, जेठ १७ : आगामी आव २०७७/७८ का लागि सरकारद्वारा प्रस्तुत गरिएको बजेटबारे पोखराका पर्यटन व्यवसायीले अपेक्षाकृत बजेट आउन नसकेको प्रतिक्रिया दिएका छन् । सरकारले पर्यटन पूर्वाधार विकासका लागि एक अर्ब…

वृद्धिदरको लक्ष्य चुनौतीपूर्ण

 जेठ १७, २०७७

ललितपुर, जेठ १७ : अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७/२०७८ को बजेटमा राजनीतिज्ञ अर्थविज्ञ एवम् व्यवसायीलेले विभिन्न कोणबाट विचार तथा व्याख्या गर्नु भएको छ । यहाँ आयोजित…

हृदयाघातका कारण कोरियामा एक नेपाली महिलाको मृत्यु

 जेठ १७, २०७७

सउल, जेठ १७ : कास्की, पोखरा घर भई हाल दक्षिण कोरियामा रेष्टुरेण्ट व्यवसाय गर्दै आउनुभएकी सबी भण्डारीको हृदयाघातका कारण बिहीबार मृत्यु भएको छ । भण्डारीले १० वर्षअघि कोरिया आई छुङ्जु…

चीनबाट आइपुुग्यो स्वास्थ्य सामग्री

 जेठ १७, २०७७

काठमाडौँ, जेठ १७ : कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनबाट खरिद गरिएको करिब १४.८ टन स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको जहाजले स्वास्थ्य सामग्री ल्याएको हो…

डब्लूएचओसँगको सम्बन्ध तोड्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

 जेठ १७, २०७७

वासिङ्टन, जेठ १७ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) सँग अमेरिकाको सम्बन्ध तोड्ने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले डब्लूएचओले सुरुमै कोरोना संक्रमण रोक्न पूर्ण रुपमा असफल रहेको…