तुलसी ट्रेड टावर निर्माणको काम अघि बढ्यो

 माघ २०, २०७९

दाङको तुलसीपुरमा निर्माण हुन लागेको ट्रेड टावर निर्माणको काम अघि बढेको छ । तुलसीपुर उपमहानगरपालिकाको रु साढे १४ करोड लागतमा बहुउद्देश्यीय व्यापारिक भवन तथा तुलसी ट्रेड टावर निर्माण हुन लागेको…

भलामखोरका घरघरमा खानेपानी धारा

 माघ २०, २०७९

लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका पोखरा(२० भलामखोरका बासिन्दाका घरघरमा धारा जडान गरिएको छ । कूल रू एक करोड १९ लाख ३२ हजार आठ सय लागतमा इक्राघारी विचारी खानेपानी आयोजना…

सवारी दुर्घटनामा पाकिस्तानमा अठारको मृत्यु

 माघ २०, २०७९

पाकिस्तानको उत्तरपश्चिमी खैबर पाकथुन्क्वा प्रान्तमा भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १८ जनाको ज्यान गएको छ ।पाकिस्तानको सो प्रान्तमा बिहीबार राति जिप दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परेर…

पहिरोमा दुई जना पुरिए

 माघ २०, २०७९

पूर्वी इन्डोनेसियाको दक्षिणी सुलावेसी प्रान्तमा भारी मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा दुई जनाको मृत्यु भएको एक अधिकारीले जानकारी दिएका छन् । ‘पहिरोमा परी दुईजनाको मृत्यु भएको…

आइएफआरसीका महासचिव नेपाल भ्रमणमा आउनुहुँदै

 माघ २०, २०७९

विश्वको सबैभन्दा ठूलो मानवीय सेवा गर्ने सञ्जाल भएको सङ्गठन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ ९ आइएफआरसी०को महासचिव जगन्नाथ चापागाईंले शनिबारदेखि नेपाल भ्रमण गर्नुहुने भएको छ । प्रथम नेपाली महासचिव…

निफको जुरीमा प्रियङ्का र इन्द्रलाल

 माघ २०, २०७९

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफको जुरी कमिटीमा अभिनेत्री प्रियङ्का कार्की र माया एकेडेमीका इन्द्रलाल बलामी मनोनित हुनुभएको छ । निफका अध्यक्ष केपी पाठकले अभिनेत्री कार्की फिचरतर्फको जुरी सदस्यमा र बलामी…

प्रतिनिधिसभा सदस्य चौधरी जेल चलान

 माघ २०, २०७९

प्रतिनिधिसभा सदस्य एवं नागरिक उन्मुक्ति पार्टीका सचेतक अरुणकुमार चौधरी जेल चलान भएका छन् । बिहीबार साँझ कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका चौधरीलाई आज १० बजे कैलाली जिल्ला अदालतमा उपस्थित…

जन्मकैदको फैसला

 माघ २०, २०७९

नाबालिका बलात्कारको अभियोगमा तनहुँ अदालतले एक अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला सुनाएको हो । नाबालिकालाई बलात्कार…

इटहरीमा बसपार्क बनाउन नगर विकास कोषसँग सम्झौता

 माघ २०, २०७९

इटहरी उपमहानगरपालिकामा आधुनिक बसपार्क निर्माण हुने भएको छ । तीन तले सुविधा सम्पन्न बसपार्क निर्माणका लागि नगर विकास कोषसँग सम्झौता भएको उपमहानगरले जनाएको छ । कुल रू १६ करोड २२…

माडी नगरपालिकामा विद्युतीय कर भुक्तानी सेवा सुरु

 माघ २०, २०७९

चितवनको माडी नगरपालिकाले विद्युतीय कर भुक्तानी सेवा सुरु गरेको छ । नगरपालिकाले सेवा प्रदायकलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा बिहीबारदेखि सुरु गरेको हो । यो सेवा सुरुआतसँगै नगरपालिकाका सेवाग्राहीले…