अध्यक्ष झाद्वारा कार्यालय निरीक्षण

  मंसिर २३, २०७९

काभ्रेपलाञ्चोक,मङ्सिर २३ : राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले समाचारमार्फत स्थानीयस्तरका नागरिकका समस्या उजागर गर्न आग्रह गर्नुभएको छ । उहाँले आज राससको काभ्रेपलाञ्चोकास्थित बनेपा कार्यालयको निरीक्षण अवलोकनका क्रममा विकासका समाचारसँगै नागरिकलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

“राससकर्मीले सन्तुलित समाचारमा ध्यान दिनुपर्छ, सँगसँगै समाचारको प्रस्तुतिलाई पाठकको रुचिपूर्ण बनाउनुपर्छ”, झाले भन्नुभयो । उहाँले राससका संरचनालाई मजबुत र थप व्यवस्थित बनाउन स्थानीय तहसँग समन्वय गर्न जिल्लास्थित राससका सञ्चारकर्मीलाई निर्देशन दिनुभयो ।

अध्यक्ष झाले राससका सञ्चारकर्मीलाई गौरवपूर्ण तवरले काम गर्न सुझाव दिँदै सत्य सूचनालाई सम्पत्तिका रूपमा लिई समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । सो अवसरमा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले राससलाई ‘खोजमूलक समाचारको बैंक’ बनाउन संस्थाका सञ्चारकर्मीको भूमिका उल्लेखनीय रहने बताउनुभयो ।

तपाईको प्रतिक्रिया