पत्रकार उपचार कोषमा एक लाख सहयोग

  मंसिर २१, २०७९

झापा, मङ्सिर २१ : नेपाल पत्रकार महासङ्घ झापाले स्थापना गरेको उपचार कोषमा व्यवसायी निर्मल भट्टराईले रु एक लाख एक हजार सहयोग प्रदान गर्नुभएको छ । उहाँले महासङ्घका अध्यक्ष एकराज गिरीलाई आज विवाह वर्षगाँठको अवसरमा सो रकम प्रदान गर्नुभएको हो ।

नागरिकलाई सूसुचित गराउन अहोरात्र खटिने पत्रकारलाई घाइते र बिरामी हुँदा कोषबाटै महासङ्घले उपचार खर्च प्रदान गर्दै आएको छ । महासङ्घको उपचार कोषलाई रु एक करोड पु¥याउने लक्ष्य रहेको अध्यक्ष गिरीले बताउनुभयो । कोषमा हाल रु ६५ लाख जम्मा भइसकेको छ ।

कोषमा जिल्लाका पत्रकारसहित विभिन्न सामाजिक अभियान्ताहरूले पनि विवाह वर्षगाँठ तथा जन्मदिनका अवसरमा आर्थिक सहयोग गर्दै आएका छन् । विगतमा उपचारका लागि मात्र सहयोग रकम प्रदान गर्दै आएको महासङ्घले अब पत्रकार महिलालाई सुत्केरी खर्चस्वरुप रु २५ हजार उपलब्ध गराउनेसमेत निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया